श्रम समझदारी प्रभावकारी बनाइने
चार वर्षअघि नेपाल र मलेसियाबीच भएको द्विपक्षीय श्रम सम्झदारीपत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको टोलीले मलेसियाका मानव संसाधनमन्त्री सेरी एम सराभनन, गृहमन्त्री हम्जाह बिन जैनुदिन र त्यहाँको सामाजिक सुरक्षा सङ्गठनका महासचिवसँग भएको उच्चस्तरीय बैठकमा सो विषयमा सहमति भएको हो । श्रम मन्त्रालयका अनुसार मलेसियाको श्र
श्रमिकको तलब वृद्धि
मलेसियामा काम गर्ने आप्रवासी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) एक हजार पाँच सय रिङ्गिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिनदेखि लागू हुने गरी आप्रवासी कामदारको आधारभूत तलब बढाएको हो ।
आलु उत्पादन वृद्धि
बारामा एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष किसानले सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरेका छन् । त्यसबाट प्रतिहेक्टर करिब १६ मेट्रिक टन उत्पादन हुँदा कुल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
निर्यात प्रवद्र्धन गर्न दीर्घकालीन नीति आवश्यक
आयात घटाउन र निर्यात बढाउन दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भातृसंस्था युथ चेम्बरले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र चुनौती र समाधान विषयक’ कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुुभएको हो ।
निगमको आम्दानी वृद्धि
नेपाल वायुसेवा निगमले चालू आर्थिक वर्षको प्रथम आठ महिनामा आठ अर्ब ३९ करोड रुपियाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा निगमले पाँच अर्ब ७० करोड रुपियाँ आम्दानी गरेको थियो ।
तेह्र वर्षदेखि आयोजना अलपत्र
सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी झोङडिङ इन्टरनेशन कम्पनी लिमिटेड र त्यसको पेटी ठेकेदारका रुपमा रहेको हुलास स्टिल प्रालीले तोकिएको समयमा काम नगर्दा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम अलपत्र परेको छ ।
सुनको मूल्य प्रतितोला एक हजारले घट्यो
सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार दुई सय तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।
बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैसा, डिजल १० रुपियाँ १८ पैसा र हवाई इन्धन सात रुपियाँ १२ पैसाले बढेर आएको छ । यस्तै ग्यासमा प्रतिसिलिन्डर ११८ रुपियाँ बढेर आएको निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखका नयाँ मूल्य पठाउने गर्छ । निगमका अनुसार मूल्य बढेर आएकाले घाटा पनि बढ्नेछ । प्रतिलिटर पेट्रोल
रुग्ण उद्योग अध्ययन गर्न कार्यदल गठन
लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा ‘रुग्ण उद्योग सञ्चालन तथा व्यवस्थापनसम्बन्धी’ कार्यदल गठन भएको हो । कार्यदलले अध्ययन गर्न एक महिनाको समय पाएको छ ।