दमौलीमा एक महिने हिन्दु महामिलन पर्व सुरु
तनहुँस्थित दमौलीलाई विश्वभर परिचित गराउन एवम् धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यासको जन्मभूमि दमौलीमा एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा यो पर्व आयोजना गरिएको छ ।
दसैँका लागि घर सजाउँदै थारु समुदाय
यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।
नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ
बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ । सहरका चोक-चोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैँको उमङ्ग ल्याएको छ ।
थारु बस्तीमा दसैँको रौनक
बडादसैँमा मात्र नाचिने थारुको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारु गाउँमा अहिले बेग्लै रौनक छाएको छ ।
कोशी प्रदेशका शक्तिपीठ धाउँदै भक्तजन
घटस्थापना सुरुसँगै पूर्वी नेपालका शक्तिपीठ तथा देवी मन्दिरमा भएको रौनकता छाएको छ । नवरात्रको अवधिमा कोशी प्रदेशका विभिन्न स्थानमा रहेका प्रसिद्ध तथा ऐतिहासिक शक्तिपीठमा भक्तजनको विशेष घुइँचो लाग्छ । शक्तिपीठको घटस्थापनाको दिन जमरा राखेर पूजापाठ गर्नुका साथै नवरात्रको अवधिभर बलिसहित पूजाआजा गरिन्छ ।
नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नवरात्रको चौँथो दिन दसँैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
देवगण नवदुर्गा सिद्ध गर्ने भक्तपुरको मोहनी नखाः
आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाका दिनसम्म नवदुर्गा भवानीलाई आह्वान गरी मनाइने चाड हो बडादसैँ । यहाँ नेवार समुदाय बडादसैँलाई मोहनी नखाः का रूपमा मनाउँछन् ।
पाटनमा भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि
विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । वि.सं २०७२ को भूकम्पले क्षति पुर्याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।
नौमती बाजा घन्काउँदै मल्लाजका महिला
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका –३ मल्लाज माझफाँटका महिलाले नौमती बाजा बजाउन थालेका छन् ।
मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो
‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।
दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कृति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ ।
नवरात्रको तेस्रो दिनः गीत सङ्गीतमा लागेकाले विशेष पूजा आराधना गर्ने चन्द्रघण्टा देवी
बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
कर्णालीका शक्तिपीठमा बढ्दो भिड
बडादसैँ सुरु भएसँगै कर्णाली प्रदेशका महत्वपूर्ण शक्तिपीठहरूमा भक्तजनको भीड लाग्न थालेको छ । कर्णाली प्रदेशका शक्तिपीठमध्ये सुर्खेतको गङ्गामाला देउती बज्यै, जुम्लाको चन्दननाथ, डोल्पाको त्रिपुरासुन्दरी, रुकुमको डिग्रे साइकुमारी र सल्यानको खैराबाङ मन्दिरमा विशेष भिड लाग्ने गर्छ ।
बडादसैँका अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ ।
नवरात्रको दोस्रो दिन : विधिपूर्वक गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना
नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।
आन्तरिक उडानमा हवाई भाडादर घटाउने सहमति : संस्कृति मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायुसेवा लगायत सम्बन्धित संस्थाबिच बाहिरबाट काठमाडौँ फर्किने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ ।
हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो
बागलुङ नगरपालिका–५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।
मादले–मारुनी नाच जोगाउँदै भकिम्लीवासी (फोटो फिचर)
बेनी नगरपालिका–३ भकिम्लीकी १८ वर्षीय बिपना पुन गाउँघरमा हुने विभिन्न कार्यक्रमहरूमा मारुनी नाच्नुहुन्छ । बाबु आमा र बाजेबाट सानै उमेरदेखि बिपनाले मारुनी नाच्न सिक्नुभयो ।
जहाजका ८० प्रतिशत हवाई टिकट बुकिङ्
दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ । दशैँका लागि आन्तरिक उडाानको ८० प्रतिशत टिकट अग्रिम बुकिङ् भएको सम्बन्धित एयरलाइन्सले जनाएका छन् ।
मधेश प्रदेशका धार्मिक शक्तिपीठ धाउन थाले भक्तजन
बडादसैँ सुरु भएसँगै भक्तजनहरू विभिन्न शक्तिपीठ धाउन थालेका छन् । नवरात्रभर सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवामाई मन्दिरमा सबैभन्दा बढी भिड लाग्छ । धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा मात्र खाएर नवरात्रमा पूजापाठ गर्छन् ।
कलश यात्रामा सहभागी थारु महिला
दाङको घोराही उपमहानगरपालिका १८ स्थित अम्बिकेश्वरी मन्दिरको संरचना निर्माण गर्न आइतबारबाट सुरु हुन लागेको श्रीमद् वाल्मीकि राम कथा नवाह महायज्ञको कलश यात्रामा सहभागी स्थानीय थारु महिला ।
खोकनाको ऐतिहासिक १२ वर्षे मेला सुरु
खोकना (ललितपुर), असोज २८ गते । ललितपुरको खोकनामा ऐतिहासिक १२ वर्षे मेला सुरु भएको छ । यो जात्रामा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी ‘द्यो कुनेगु’ अर्थात् गुप्तवास राखिन्छ । ललितपुर महानगरपालिका वडा नं. २१ र रुद्रायणी गुठीले आइतबार पत्रकार सम्मेलनगरी सो जात्राको ऐतिहासिक तथा सांस्कृतिक विविध पक्षबारेमा जानकारी दिएको छ ।वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले विगतमा केन्द्रीय सरकारको मातहतमा यो जात्रा मनाइने गरे पनि संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको मातहतमा रहेको बताउनुभयो । उहाँले काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा सो पूजा गरिने जानकारी दिनुभयो । रुद्रायणी गुठीका ईलाखा बेखानारायण महर्जनले भन्नुभयो, “मैले २०२० साल, २०३२, २०४४, २०५६, २०६८ र अहिले २०८० मा मेरो उमेरको हकमा यो जात्रा गर्दैछु ।” उहाँले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्ने तथा नाच देखाइने बताउनुभयो । जात्रा अवधिभरमा देखाइने सिकाली नाच परम्परागत भएकाले विगतमा देखाइँदै आएका स्थानमा मात्र देखाउने परम्परा छ । गुठीका नायः योगेश महर्जनले नेपाललाई विश्वसामु चिनाउने विविध जात्रापर्व र संस्कृतिकमध्ये १२ वर्षे मेला पनि एक रहेको बताउनुभयो । सांस्कृतिक पक्ष सँगसँगै यो वर्ष अभिलेखिकरणमा समेत जोड दिइएको उहाँको भनाइ छ । यसको इतिहासलाई दीगो राख्न एवम् देशव्यापी बनाउने उद्देश्यले भावी दिनमा संस्कृति संरक्षणका लागि संग्रहालय बनाउन पनि जरुरी रहेको उहाँले बताउनुभयो । रुद्रायणी देवीको १२ वर्ष मेला २०८० गाईजात्राको भोलिपल्ट अर्थात् खोकनाबासीको स्थानीय गाईजात्राको दिनबाट गुफा राखेर सुरु गर्ने परम्परागत चलन छ । मेला अवधिमा खोकना गढभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्य तथा भोज भतेर कार्य पूर्णरुपमा प्रतिबन्ध गरिन्छ । जात्राको अन्त रुद्रायणी मन्दिर अगाडिको डबलीमा हुन्छ । सोही जात्रा नै १२ वर्षे मेलाको प्रमुख जात्रा हो । यसैबीच, सो जात्राबारे गाइएको भजन पनि सार्वजनिक गरिएको थियो ।
गोरखा दरबार दसैंघरमा जमरा राखियो
गोरखाका शक्तिपिठमा जमरा राखिएको छ । नेपालकै ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली, गोरखनाथ गुफा, पवित्र धार्मिकस्थल मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका विभिन्न ठाउँमा जमरा राखिएको हो ।
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु
पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।