धानबालीलाई किराबाट जोगाउन हरेरी पूजा गरिँदै
धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन ।
रेसुङ्गामा पुरुषोत्तम माहात्म्य सुरु
गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमि रेसुङ्गामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा काठमाडौंबाट आउनुभएका पण्डित रमेशप्रसाद सुवेदीले पुरुषोत्तम मास तथा विष्णु पुराणको कथा प्रारम्भ गर्नुभएको हो ।
साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।
गोरखाको राधा बल्लभेश्वर मन्दिर (फोटो फिचर)
गोरखाको पोखरी थोकमा रहेको ऐतिहासिक राधा बल्लभेश्वर मन्दिर गोरखाकै पुरानो तीर्थस्थल मध्ये एक हो ।
मनाङमा सुरु भयो यार्तुङ मेला
मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताउनुभयो ।
धर्म र पर्यटनलाई जोड्दै च्यवनधाम
शुक्लागण्डकी (सेतीगण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्ला गण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो ।
परम्परागत ढुङ्गे घर
म्याग्दीको मङ्गला गाउँपालिका–३, स्थित रातो माटो र कमेरोले पोतिएका परम्परागत ढुङ्गे घरहरू ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन सुरु
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको छ । न्यालु लेकको सडकमा जमेको हिउँ र पहिरो मेसिनबाट पन्छाउने कार्य पूरा भएपछि लाप्चाबाट दर्शन कार्य सुरु भएको हो ।
राना समुदायमा ‘सावनको डोला’को रौनक
कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
गेरुका मेलामा शाही स्नान
मलमाससँगै महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ४ खुट्टा पिपराढीको गेरुकामा मङ्गलबार शाही स्नान गरिएको छ । आइतबारदेखि सुरु भएको मलमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर जानकी मन्दिरको महन्थको अगुवाइमा विशेष पूजासहित शाही स्नान गरिएको हो ।
अधिकमास अर्थात् मलमास सुरु
साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
कालिकोटमा देउडा उत्सव
कालिकोटको मान्ममा देउडा उत्सव सुरु भएको छ । साउन १ गते देउडा दिवसका रूपमा विकास गर्न कालिकोटमा उत्सव मनाउन सुरु भएको हो ।
मत्स्यनारायण मन्दिर चन्द्रागिरीमा पुरुषोत्तम मेला सुरु
अतिरिक्त महिना मलमास आज (मङ्गलबार)बाट सुरु भएर साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।
हुम्लावासीले मनाए देउडा दिवस
हुम्लामा देउडा दिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसका अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन् । मौलिक वेशभूषामा सजिएर स्थानीयले देउडा गाउँदै दिवस मनाइएको सिमकोट गाउँपालिका– ५ का स्थानीय तीर्थराज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार देउडा गीतको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक यो दिवस मनाइएको हो ।
घर घरबाट फ्याँकियो लुतो
आज साउनेसङक्रान्ति । हिन्दु परम्परालाई मान्दै आएकाले साँझमा घर घरबाट लुतो फ्याँकेका छन् । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै घरको चारै दिशामा फ्याँक्ने परम्परा रहेको सूर्यविनायक नगरपालिका वडा नं. ५ निवासी ९२ वर्षीय केदारनाथ चालिसे बताउनुहुन्छ ।
शिव मन्दिरमा दर्शनार्थीको भीड
साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार जिल्लाभरिका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ ।
घोडाघोडी मन्दिरको होमकुण्ड जीर्ण
पूजापाठ, विवाह, व्रतबन्ध लगायत कर्मकाण्डको आम्दानीले नै मन्दिरमा २६ जना बटुकको निःशुल्क शिक्षा आवास गरिँदै आएको बताउने गुरुकुलका प्राचार्य समेत रहेका पुजारी संज्यालले मन्दिरमा होमकुन्डको छानोहाल्न नसक्दा वर्षा र गर्मीमा धार्मिक कार्य गराउन समस्या भएको उल्लेख गर्नुभयो ।
साउनमा हरियो चुरा र मेहन्दीको धार्मिक महत्त्व
साउन अर्थात् विभिन्न रङ्ग समायोजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ ।
हराउँदै लुतो फाल्ने चलन
आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलीबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ ।
सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा साउनलाई ‘बत्ती बाल्ने महिना’का रूपमा मनाउने गरिन्छ । धार्मिक महिनाका रूपमा चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । कालो महिना मानिने भएकाले आजदेखि बत्ती बालेर उज्यालो पार्ने पर्वका रूपमा मनाइँदैछ ।
गलेश्वरधाममा दर्शनार्थीको भीड (फाेटाे फिचर)
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
महिनाभर मनाउने पर्व : गुँलाधर्म
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ । ‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ ।
किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै
किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।