क्वाँटी सबै उमेर समूहलाई लाभदायी
हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडवाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडवार्ड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।
क्वाँटी पुन्ही अर्थात् भ्यागुतालाई भात
काठमाडौं, साउन २७ गते । जनैपूर्णिमाको दिन नेवार समुदायमा ’गुन्पुन्ही’ मनाइन्छ । यस दिन तराई क्षेत्रमा राखी बान्ने चलन छ । गुन्पुन्ही नेवार समुदायमा मनाउने ठूलो पर्वमध्ये एक हो । साउन शुक्लपक्षका दिन यो पर्व मनाइने गरिन्छ । यस दिन टुसा पलाएका सिमी, केराउ, बोडी, मुगी लगायत ९ प्रकारका गेडागुडी भिजाएर त्यसलाई क्वाँटी बनाएर खाने गरिन्छ । यस्ता गेडागुडीको मिश्रण केहीदिन अघि टुसा उम्रिने गरी भिजाउने चलन छ । क्वाँटी शब्द नेपाल भाषाको ’क्वाति’ शब्दबाट बनेको हो । जसअनुसार ’क्वा’ को अर्थ तातो र ’ति ’को अर्थ झोल वा सुप भएकाले ’क्वाति’ वा ’क्वाँटी’ को अर्थ तातो सुप भन्ने बुझिन्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले भने ’ब्याञ्चायात जा नकेगु’अर्थात् भ्यागुतालाई भात खुवाएर पनि मनाउने गर्छन् । सिमीको पातमा भातसँगै नौ थरी गेडागुडीको क्वाँटी पनि हुन्छन् । पातमा भात र क्वाँटी पस्किदिएर भ्यागुताका लागि खेतमा लगेर छोड्ने चलन छ । परिवारका कम्तिमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई खाना र क्वाँटी दिने गर्छन् । धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन्। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो दिनको जात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो । रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ । खेतमा काम गर्दा जति पनि किराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन चलेको संस्कृतिविद् जोशी बताउनुहुन्छ । यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायमा यस दिनको महत्व धेरै रहेको छ । नेवार समुदायमा यस दिन नौं थरिको गेडागुडी खाएर, नौ जोर कपडा लगाएर तीर्थ स्नान गरेमा यमलोकमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, निरोगी हुने, आनन्दले जीवन कट्छ र मोक्ष प्राप्त हुनेसमेत मान्यता रहेको छ । नेपाली संस्कृतिमा नौं सङ्ख्याको विशेष महत्व छ । संस्कृतिविद् श्रेष्ठका अनुसार खेतमा किराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ । रोपाइँको समयमा खेतमा जीव खाएर भ्याग्ताले बाली जोगाउने गरेको कारण पनि भ्यागुतालाई असल साथीको रुपमा लिने गरेको उहाँको भनाइ छ । “भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, उहाँ भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।” भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुवात गरेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ । यसरी नेवार जातिले वैद्धिक काल अगाडिदेखि नै विभिन्न जात्रा र पर्व मनाउँदै आएको पाइन्छ । जनै पूर्णिमा नेवार क्यालेन्डर अनुसार नवौं महिनामा पर्छ । त्यस कारण यसलाई गुन्पुन्ही भनिन्छ । यसबाहेक क्वाँटी स्वास्थ्यको लागि पनि राम्रो भएको कारण चिसो बढेसँगै क्वाँटी खाने चलन सुरु भएको मानिन्छ । यीनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ । अहिले क्वाँटी खाने चलन नेवार समुदायमा मात्रै सीमित छैन । यो गैर नेवार समुदायमा पनि उत्तिकै प्रख्यात भएको छ । यसलाई पौष्टिक आहारका रुपमा समेत लिइन्छ । यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ । जुन शरीरका लागि आवश्यक तत्व हुन् ।
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
बजार र पसलमा देखिएको जनैपूर्णिमा, रक्षा बन्धन र गाईजात्रा (फोटो फिचर)
काठमाडौं, साउन २६ गते । यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन साउन २७ गते शुक्रबार परेको छ। यसलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ। यो दिन नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ। यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ। क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ। जनैपूर्णिको अघिल्लो दिन उपत्यकाका मुख्य चोक, बजार र पसलमा क्वाँटी, जनै, गाईजात्राका सामग्री र रक्षा बन्धन किन्नेको चहलपहल देखियो। यही चहलपहललाई १२ तस्बिरमा समेटिएको छ :
खप्तडमा बन्दैछ सुविधायुक्त आवासीय ध्यान केन्द्र
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्रको स्थापना गरिनेभएको छ । खप्तड पर्यटन क्षेत्र बिकास तथा ब्यवस्थापन समितिका कार्यकारी निर्देशक भिमबहादुर खड्काका अनुसार खप्तड क्षेत्रमा आवासीय सुविधासहितको आध्यात्मिक ध्यान केन्द्र निर्माण तयारीका लागि बिभिन्न निकाय र सरोकारवालासँग छलफल सुरु गरिएको छ ।
‘जनैपूर्णिमा, रक्षाबन्धन साउन २७ गते शास्त्रसम्मत’
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ सार्वजनिक
गोरखापत्र अनलाइनकाठमाडौं, साउन २६ गते । ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा पञ्चाभिषेक रूद्री समापन कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा र पुस्तक विमोचन गर्न पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो ।यसैबीच, राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्री समापन भएको छ । काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणबाट कोरोनाबाट समाजलाई मुक्त गर्नको लागि विभिन्न पूजा गरिएको समाजका महासचिव विराज राजोपाध्यायले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । १०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, नौ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ग पाठ गरिएको थियो । करिब १० हजार सङ्ख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो । काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मङ्गलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्रीपाठ गरिँदै आएको हो ।
भक्तपुरमा आज मनाइयो जनैपूर्णिमा
भक्तपुरमा आज बिहीवार (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यस वर्ष गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेपछि अघिल्लो दिन अर्थात् आज भक्तपुरमा जनैपूर्णिमा मनाइएको हो ।
वाह ! महावुमा श्रद्धालुको ओइरो (फोटो फिचर)
महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रुपमा प्रख्यता छ । दैलेख जिल्लाको नौमुले गाँउपालिका २ वडा अन्तर्गत पर्ने महावुधाम कालिकोट जिल्लाको महावै गाँउपालिका र दैलेखकै महावु गाँउपालिकासँग जोडिएको छ ।
गोरखापत्रका फोटो पत्रकार द्वारे सम्मानित
गोरखापत्र संस्थानमा कार्यरत फोटो पत्रकार विकास द्वारे मङ्गलबार ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२’ बाट सम्मानित हुनुभएको छ ।
२८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस (फाेटाे फिचर)
आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्सेनि भव्य रुपमा मनाउँदै आएका छन् ।
सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु
सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन् ।
साउने सोमबार र बोलबम
साउन महिनालाई भोग–विलासबाट मुक्त भएर आध्यात्मिक चिन्तन गर्ने महिनाका रूपमा लिइन्छ। साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीडबीच बोलबमको आकर्षण पनि थपिएको छ। शिवभक्तहरू गेरु वस्त्रमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन्। जसलाई बोलबम यात्रा भनिन्छ। बोलबम यात्राका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ।
बोलबम भक्तजनहरु महास्नानमा सरिक हुँदै (फाेटाे फिचर)
साउन महिनाको चौथो सोमबारको बोलबम भक्तजनहरुले सुन्दरीजलमा महास्नान सम्पन्न गरेका छन् ।
विश्व सम्पदामा सूचीकृत बसन्तपुर दरबारको परावर्तित दृश्य
विश्व सम्पदमा सूचीकृत बसन्तपुर दरबारको परावर्तित दृश्य
मिस्टर एण्ड मिस थारुको अडिसन आजबाट शुरु
थारु समुदायको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ हुने भएको छ । थारु समुदायको बाक्लो बस्ती रहेको देशका मुख्य शहरमा साउन २१ गतेदेखि अडिसन सुरु हुने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार चौधरीले बताउनुभयो ।
हप्ता दिन नबित्दै मन्दिर भत्कियो
सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो ।
कीर्तिपुरमा रात्रिकालीन सांस्कृतिक पदयात्रा साउन २७ गते सञ्चालन हुने
संस्कृतिलाई पर्यटनसँग जोडिएर रात्रिकालीन साँस्कृतिक पदयात्रा कीर्तिपुरमा साउन २७ गते सञ्चालन गर्ने भएको छ । परापूर्वकाल देखि नेवाः समुदायमा धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बहाः चाःहिलेगु पर्व मनाइँदै आइरहेको छ ।
धुमधामसँग मनाइयो पञ्चदान
बौद्धमार्गीहरूले यल (पाटन) पञ्चदान वा पञ्जरो शुक्रबार धुमधामसँग मनाएका छन्। श्रावण शुक्ल अष्टमीका दिन भिक्षादान दिएर यो पर्व मनाएका छन्। नेपाल संवत् ७९९ देखि सुरु भएको यस पर्व बौद्धमा
गोसाइँकुण्ड मेला सुरु, १५ हजार तीर्थयात्री आउने अनुमान
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।
मौलिक बाजामा महिलाको बढ्दो सहभागिता
उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मौलिक वाद्यवादन बजाएर बौद्ध चैत्यको परिक्रमा गर्ने गुँला पर्वमा महिलाको सहभागिता बढ्दो छ। गुँला पर्वका अवसरमा परम्परागत बाजागाजा बजाएर महिलाले बौद्ध चैत्यको परिक्रमा गरिरहेको थप रौनकको विषय बनेको छ। मौलिक वाद्यवादनलाई लोप हुन नदिन युवा वर्गसँगै महिलालाई पनि शिक्षा दिनुपर्ने मान्यताका साथ महिलाले गुँला पर्वमा बाँसुरी, धाः बजाएर चैत्यहरू परिक्रमा गरिरहेका छन्। विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको पर्वमा बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका संस्कृतिविद् डा.चुन्डा बज्राचार्यले बताउनुभयो। उहाँले बिहान सबेरै बाजा बजाउँदै चैत्य विहारमा महिला देख्दा मनमा उल्लास छाएको बताउनुभयो।
लाखे नाच संरक्षणमा जुटे बेनीका युवाहरु (फोटो फिचर)
करिव तीन सय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ ।
थारू समुदायले काठमाडौंमा मनाए गुरही
आज थारु समुदायले ‘गुरही’ पर्व मनाएका छन । साउन महिनाको पञ्चमीमा पर्ने भएकाले यसलाई नागपञ्चमी पनि भनिन्छ ।
नागको पूजा गरेर मनाइयो नागपञ्चमी
काठमाडौं, साउन १७ गते। मंगलबार घरघरमा नाग टाँसेर नागपञ्चमी मनाइएको छ। हरेक वर्ष श्रावण महिनामा शुक्ल पक्षको पञ्चमी तिथिका दिन नाग पञ्चमी मनाउने चलन छ। नागपञ्चमीलाई एक श्रद्धा र विश्वासको पर्वको रुपमा पनि लिने गरिन्छ। नाग पञ्चमीको अवसरमा घरघरसँगै विभिन्न पोखरी र मन्दिरमा नागको पूजा गरेर नागको पूजा गरिएको हो।आजको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबर टाँसेर घरको ढोकामाथि अष्टनागको चित्र टाँस्ने गरिन्छ। यसरी आजको दिन घरको ढोकामा अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने, आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।यस्तै, आजको दिनदेखि वर्षायाम समाप्त भएर हिउँदयाम सुरू भएको मानिन्छ। आजको दिन नागको पूजा गरेपछि लुतो, घाउँ खटेरा, कुष्टरोग निको हुने र आकाशको चट्याङबाट बच्ने, भूँइचालो नआउने र नाग प्रसन्न भएर पानी पार्ने, सह र सिद्धि बढ्ने धार्मिक मान्यता रहेको संस्कृतिविद् जगमान गुरुङ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “नाग देवता रिसाए भने पानी नपर्ने वा धेरै पानी पर्ने र नाग देवता खुशी भएभने पहिरो नजाने, खोलालाई नागले बाँधेर राख्ने भन्ने विश्वास रहेको छ।” धर्म पुराण अनुसार नेपाल उपत्यका नाग पोखरीको रुपमा रहेको उहाँको भनाइ छ। ‘काठमाडौं उपत्यकाको नाम वासुकी क्षेत्र थियो, जहाँ नागको राज्य चल्ने गर्थ्यो भन्ने गरिन्छ’, उहाँले भन्नुभयो। यसबाहेक ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ, उहाँले भन्नुभयो।संस्कृतिविद् गुरुङका अनुसार नाग पञ्चमी सबै धर्मालम्बीले मान्ने गर्छन्। किनभने यो प्रकृतिको पुजा हो। प्रकृति पूजा, भ्यागुता, वर वृक्षको पूजा, नदीको पूजा गर्ने गरिन्छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरमा नाग पञ्चमी मेला लाग्दछ। नाग देवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरेर पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ।हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पका राजा नाग देवता खुसी हुन्छन्, त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको भय हुँदैन भन्ने मान्यतासमेत रहेको छ।