लोप हुने अवस्थामा स्थानीय सीप
हुम्लामा परम्परादेखि महिलाले लगाउने गाउनलाई रङ्ग्याउने सीप लोप हुने अवस्थामा पुगेको छ। विवाहित महिलाले त्यसरी हातै रङ्ग्याएको गाउन लगाउनको सट्टा घरेलु धोती लगाउन थालेपछि उक्त सीप हराउने अवस्थामा पुगेको हो। सिमकोट गाउँपालिका–६ को लाडेबाडा गाउँकी सन्जु रावतले हिउँदको समयमा अधिकांश महिलाले गाउन रङ्ग्याउने कार्य हाल लोप हुने अवस्थामा पुगेको बताउनुभयो। अहिले अधिकांश महिला धोती र कुर्तासुरुवाल लगाउने भएको कारण त्यसरी रङ्ग्याएका गाउन लगाउन छोडेकाले सो सीप पनि हराउने चिन्ता थपिएको हो। कपासबाट तयार पारिएको घरबुनाको कपडाबाट महिलाले आफ्ना लागि गाउन किन्ने गर्दै आएका थिए।
पाँचथरमा साहित्य र सांस्कृतिक महोत्सव (फोटो फिचर)
पाँचथरको फिदिम नगरपालिका ६ सिवामा आयोजित साहित्यिक सांस्कृतिक महोत्सव सकिएको छ। महोत्सव १८८२ सालदेखि लाग्दै आएको अर्थे मेलाका अवसर पारेर यहाँको अर्थे युवा क्लबले आयोजना गरेको हो।
पशुपतिनाथमा महाशिवरात्रिको तयारी
पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरूप झिलिमिली बनाउन थालिएको छ।
दाउन्नेको चुचुरोमा दाउन्ने देवी (फोटो फिचर)
नवलपुरको दुम्कीबास गाउँपालिका वडा नं ५ दाउन्ने पर्वत अमरवनमा अवस्थित धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित रहेको छ ।
लुम्बिनीको पवित्रतामा आँच आउने काम नगर्न आग्रह
धर्मोदय सभाले लुम्बिनीको पवित्रतामा आँच पुग्न जाने कार्य नगर्न÷नगराउन सम्बन्धित सबैसँग आग्रह गरेको छ । धर्मोदय सभाका महासचिव सागरमान वज्राचार्यले विज्ञप्ति जारी गरी सो आग्रह गर्नुभएको हो । त्यसैगरी सभाले बौद्ध सङ्घसंस्थाहरूले लुम्बिनीमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा भएको आक्रमणको समेत भत्र्सना गरेको छ ।
आधुनिक फेसनमा हाकुपटासी
भक्तपुरको मुना सुवाललाई नेवारी परम्परागत पहिरन हाकुपटासीलाई आधुनिकीकरण गरी विभिन्न डिजाइनको लुगा लगाउन मनपर्छ। उहाँ साधारण हाकुपटासीभन्दा यसबाट बनेको वान पिस वा लेहेङ्गा लगाउन मन पराउनुहुन्छ। उहाँले हाकुपटासीलाई नयाँ डिजाइनका लुगा लगाउँदा आफू फेसेनेबल देखिनुका साथै आफ्नो मौलिक पहिरनको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँ धेरै जसो नेवारी चाडपर्वका बेला हाकुपटासी लगाउने बताउनुहुन्छ तर हाकुपटासीको महत्वका बारे भने अनभिज्ञ हुनुहुन्छ। उहाँले यसको महत्वभन्दा पनि पहिरन र संस्कृतिको संरक्षणका लागि यो पहिरनलाई रोजेको बताउनुभयो।
‘थुम्केरानी’ महोत्सवमा स्थानीय परिकारको आकर्षण
थुम्केरानीका तारा चौहानले पर्यटन महोत्सव सुरु भएदेखि नै पर्यटकलाई स्थानीय खानाका स्वाद चखाउनमा व्यस्त हुनुहुन्छ ।
नयाँ बजारमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण
इलामको माइजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँ बजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा निर्माण गरिएको छ । २१ फिट अग्लो प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको हो ।
त्यार ल्याउन्या छैन
नआएइ माघका मैना, मेरा आउन्या कोइन बुढी इजु पराइ भाइबैना, त्यार ल्याउन्या छैन विवाह गरेर गएकी छोरीचेलीले माघ महिना लाग्नुअघि ठाडीभाकामा यस्तै गीतिलयमा डेउडा गाउँछन्। यो गीत सुदूरपश्चिम र कर्णाली प्रदेशका चेली र माइतीसँग जोडिएको छ।
युवाले संस्कृति सिक्ने माने पर्व
हुम्लाको बुराउसे गाउँका लामा समुदायले मान्ने माने पर्व सकिएको छ। यस पर्वमा पुराना पुस्ताका बूढापाकाबाट युवाले आफ्नो संस्कृति, नाच, सिक्ने गर्छन्। सिमकोट गाउँपालिका–४ का राजबहादुर लामाले पुरानाबाट नयाँ पुस्ताले सिक्ने माने पर्व सम्पन्न भएको बताउनुभयो। चार दिनसम्म मनाइने यस पर्वमा बूढापाकाबाट नयाँ पुस्ताले खानपानदेखि गीत गाउने, नाच्ने, परम्परागत पहिरन लगाउनेबारे सिक्ने गर्छन्।
राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न
थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ ।
एसियाकै दोस्रो ठूलो डम्फु
धुलिखेलबाट सिन्धुलीतर्फ जाँदा करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ ।
बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष
लुम्बिनी विकास कोषले लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायको सकारात्मक चासोलाई सधैभरी स्वागत गर्ने बताएको छ।
कांग्रेसका नेताले प्रतिपक्षको भूमिकालाई स्वीकार्न सकेनन् : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरु प्रतिपक्षको भूमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
मन्त्री किरातीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
भैरहवा, माघ २२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आइतबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ। पहिलो पटक विमानस्थल आउनुभएका किरातीले अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राख्नुभएको हो।निरीक्षणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री किरातीले गौतमबुद्व विमानस्थलबाट तत्काल नेपाल एयर लायन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताउनुभयो। उहाँले अहिले रोकिएको उडान सुचारू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसलाई गौतमबुद्व विमानस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने बताउनुभयो।उहाँले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट कूटनीतिक र मन्त्रालय स्तरबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्वता जनाउनुभयो। मन्त्री किरातीले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने बताउनुभयो। मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गौतमबुद्व विमानस्थलको रूटको एजेन्डामा राख्ने बताउनुभयो।“प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थल सञ्चालनका लागि रूटको विषय मुख्य एजेन्डामा पर्छ, श्रीलङ्काबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ”, उहाँले भन्नुभयो। मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने मन्त्री किरातीले बताउनुभयो। निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभयो। मन्त्री किरातीले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गर्नुभयो। उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताउनुभयो। मन्त्री किरातीसमक्ष विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताउनुभयो। मन्त्री किरातीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गर्नुभएको छ।
माधवनारायण मेला समापन (फोटो फिचर)
माघको चिसोमा यहाँको हनुमानघाटस्थित त्रिवेणीधाममा चिसो पानीमा डुबुल्की मार्दै मनाइने माधवनारायण मेला आज (आइतबार) समापन भएको छ । व्रतहरूले मान्ने यो मेला नेपाल संवत्को आठौँ शताब्दीदेखि एक महिने अवधिसम्म लाग्ने गरेको बताइएको छ ।
आज स्वस्थानी व्रत समापन हुँदै
एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आजबाट समापन हुँदैछ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज (आइतबार) माघ शुक्ल पूर्णिमाका दिन विधिवतरुपमा समापन हुन्छ ।
लोप हुँदै दौडा पोसाक
दक्षिणी क्षेत्रका गाउँपालिकामा अविवाहित युवतीले लगाउने पोसाक (दौडा) लोप हुने अवस्थामा पुगेको छ। युवतीको पहिचानका रूपमा यो पोसाक रहेको भए पनि पछिल्लो समय युवतीहरू आधुनिक पोसाकप्रति आकर्षित हुन थालेपछि यो कपडा देख्नै मुस्किल हुने गरेको हो।
व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः
माघ शुक्ल द्वादशी (भिं द्वादशी) बिहीबारका दिन भीमसेनको पूजा अर्चना गरी मनाइएको छ। भिमा द्वादशीका रूपमा पनि मानिने यस दिन नेवार समुदायमा भीमसेनको पूजा गरी समेय्बजी खाने चलन रही आएको छ। भिन्द्यः र भीमसेन एकै हो वा फरक हुन् भन्ने विषयमा दुईमत रहे तापनि यस दिन सबैले समान रूपमा पूजा गर्ने गर्दछन्। विशेष गरी व्यापार तथा समृद्धिका लागि पुजिने भिन्द्यः (भीमसेन) भिमा एकादशी अर्थात् एक दिनअगाडि व्रत बस्ने मान्यता रहेको संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो। उहाँले भिमा एकादशीका दिनमा भीमसेनका मन्दिरहरूमा विशेष पूजा गरी भोलिपल्ट अर्थात् भिं द्वादशीको दिन घर, मन्दिर तथा पसलहरूमा चोखो भई समय्बजी राखेर भव्य पूजा गरी घरमा प्रसाद खाने चलन रहेको जानकारी दिनुभयो।
कालिगण्डकीको शिला अयोध्यामा हस्तान्तरण
भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ।
ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो
ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव ।
भीमा एकादशीमा गरियो रुद्री पाठ र होम यज्ञ
दोलखाको भीमेश्वर नगरपालिका –२ ऐतिहासिक सहरमा रहेको भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समिति साथीका लागि साथी समूख काठमाडौंले आयोजना गरेको धार्मिक कार्यक्रमगरी आज भीमा एकादशी मनाइएको छ ।
सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा पर्यटकको सङ्ख्या बढ्दै
बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
पर्यटन प्रवर्धन गर्न तानसेनमा खाना महाेत्सव आयोजना हुने
पाल्पाको पर्यटकीय नगरी तानसेनमा खाना महाेत्सव हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ २० गते फूड फेस्टिवल हुनेछ ।