पिङ संस्कृति जोगाउन युवाहरु सक्रिय
दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरु पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लव र विश्व शान्ति युवा क्लवले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ शुरु गरेका हुन् ।
कोही गृह जिल्लामा व्यस्त हुने, कोही काठमाडौंमै दशैं मनाउने
नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैं घटस्थापनको दिनदेखि नै विधिवत रुपमा सुरु भइसकेको छ । नवौंं दिनसम्म नवदुर्गा देवीको पूजा आराधाना गरेर यस वर्ष असोज १९ गते दशमीमा आफूभन्दा ठूलाको हातबाट टीका तथा आशीर्वाद लिएर दशैंं मनाउने परम्परागत चलन रहँदैआएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिका अनुसार आउँदो बुधबार ११ बजेर ५१ मिनेटमा टीकाको साइत छ ।
प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला
सोमबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तर तर्फ रहेको मन्दिरमा अष्टमी मेला लाग्ने र राँगा बोको बली दिने प्रचलन रहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिुभयो । उहाँका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ ।
महाअष्टमीमा केराको पातमा महाभोज खाँदै नेवाः समुदाय
काठमाडौं, असोज १७ गते । विजयादशमी सुरु भएको आठौं दिन आज बेलुका नेवाः समुदायले ‘कुछी भ्वय्’ खाएर महाअष्टमी पर्व मनाउने चलन छ । नेपालभाषामा ‘कुछी’ अर्थात् दुई माना र ‘भ्वय्’को अर्थ भोज हो । आज महाअष्टमीको दिन नेवाः समुदायले केराको पातमा दुई माना चिउरासहित विभिन्न १२ थरीका मिष्ठान्न भोज तयार गरी खाने चलन छ । नेवाः समुदायमा ‘कुछी भ्वेय्’को ठूलो महत्व छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘कुछी भ्वय्’ ‘कुलछी भ्वय्’बाट अपभ्रंश भएको हो । ‘कुलछी भ्वय्’ अर्थात् कुलहरुसँगै बसेर खाने कुल भोज हो । नेपालभाषामा ‘ल’ को प्रयोग कम हुने भएकाले ‘कुलछी भ्वय्’बाट ‘कुछी भ्वेय्’ भन्न थालिएको उहाँ बताउनुहुन्छ । “कुछी भ्वय् महाभोज नै हो । नेवाः समुदायको मोहनी नख सुरु भएपछिको यो पहिलो भोज हो, जुन कालरात्री सुरु हुनुभन्दा पहिले नै खानुपर्छ,” उहाँ भन्नुहुन्छ, “जसरी देवदेवीहरुले शक्ति आर्जन गरेको हुन्छ । त्यसैगरी मानिसले पनि वर्षभरिका लागि शक्ति आर्जन गर्ने स्वरुपले ‘कुछी भ्वय्’ खाने चलन छ ।” मोहनी नखः वा दशैं सुरु भएदेखि नै कुछी भ्वय् खाने परम्परा सुरु भएको उहाँको भनाइ छ । नेपालमण्डलका जति पनि राज्यहरु थिए, ती सबै मोहनी नखसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । प्रत्येक अष्टमात्रिका र शक्तिपीठबाट सुशोभित गरेर नगर बसाउने क्रममा तत्कालीन लिच्छवि शासकहरुले आराधना गर्ने क्रममा मोहनी नखःको सुरुवात गरेको पाइन्छ ।केराको पातको महत्वकुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिङ्गो उसिनेको अन्डा, भटमास, माछाका साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार ( सानो झोल परिकारको मासु, भुटन र तःकुला अर्थात् मासुको तास) राख्ने परम्परा छ । नेपालभाषामा तःकुकाे अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो । यस्तै, यति व्यञ्जन राखेपछि अन्त्यमा, दही र मिठाइ राखेर भोज खाने काम सम्पन्न हुन्छ । यस्तै, पेयपदार्थको रुपमा जाँड, रक्सी, कत्थ्वँ पिउने परम्परागत चलन छ ।उहाँ भन्नुहुन्छ, “पहिले पहिले थाल थिएन र यसरी आदिमकालमा वा सभ्यताको सुरुवातको समयमा आफूसँग भएको वस्तुलाई नै प्रयोग गरिन्थ्यो । त्यस समयमा ठूलो भोज खानका लागि केराको पात प्रयोग हुन्थ्यो ।” केराको पात ठूलो पनि हुने र यसमा धेरै परिकार पनि अटाउने । केरा यस्तो फल हो जुन हरेक शुभकार्य प्रयोग गरिन्छ र यो चोखो वनस्पतिमा समेत रहेको उहाँको भनाइ छ । यसबाहेक स्वास्थ्यका हिसाबले पनि केरोका पातमा खानु लाभदायी हुन्छ । जस्तै, दक्षिण भारतमा अहिले पनि केराको पातमा भात खाने चलन छ । केराको पात यस महाभोजमा ठूलो आकारको थालको रुपमा प्रयोग भएको छ । उहाँका अनुसार मानिसको आहार नाप्ने तरिका पनि यस भोजलाई लिन सकिन्छ । नेवाः समुदायमा इन्द्रजात्रादेखि समयबजी खान सुरु हुन्छ । इन्द्रजात्रापछिको पहिले चाड नै ‘मोहनी नखः’ हो । यसरी दिनमा समयबजी खाने र भोज रातको समयमा खाने परम्परा छ । यसैलाई अँगालेर वर्षको पहिलो ठूलो भोज भएको कारण यसमा विभिन्न १२ थरीका परिकार राख्ने चलन नेवाः समुदायको मौलिक परम्परा हो । यस्तै, धौभडेल भन्नुहुन्छ, “कुछी भ्वय्भित्र पनि विविधता पाइन्छ । नेवाः समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने चलन छ । कतिपय नेवाः समुदायले दशैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गर्छन् । आफ्नो जात र संस्कृतिअनुसार परम्परा छ ।” उहाँ थप्नुहुन्छ, ‘‘आजको दिन नेवाः समुदायले दुई माना चिउरा राखेर भोज खाने भएकाले दुई माना राख्नका लागि मानाको तलपट्टि रुमाल वा अरु केही राखेर दुई माना बनाउने गरिन्छ ।’’यसरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवाः समुदाय बसोबास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने आ–आफ्नै चलन रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ ।
‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय
बडादशैंको आठौँ दिन आज (सोमबार) बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो ।
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै
बडादशैं एवम् नवरात्रको आठौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
दशैंघरमा फूलपाती भित्र्याइयो (फोटो फिचर)
काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ।
टुँडिखेलमा फूलपातीको बढाइँ (फोटो फिचर)
काठमाडौं, असोज १६ गते। दशैंको सातौँ दिन आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो ।तस्बिर : कविन अधिकारी /विकास द्वारे
पाथीभरा माताको दर्शनमा भक्तजनहरुको भीड
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भक्तजनको भीड लागेको छ । दशैँको नवरात्रपछि पाथीभरामा भक्तजनको भीड लागेको हो ।
टुँडिखेलमा फूलपातीको बढाइँ (प्रत्यक्ष प्रसारण)
दशैंको सातौं दिन आइतबार फूलपातीको बढाइँ टुँडिखेलमा विशेष समारोहबीच हुँदैछ।
बुढापाकासँगै हराउँदै छ पिङ चमच्चाको चलन
बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखराको बिटाचौतारो कुनै समय दशैं–तिहारमा पिङ्ग र चमच्चा खेल्ने गन्तव्य थियो । ठूला दुई वटा खिर्राको रुपमा तयार गर्ने चमच्चा र नजिकैै निर्माण हुने पिङ्ग खेल्न बच्चादेखि बुढापाकासम्मको भीड लाग्ने गथ्र्यो । त्यतिबेला पिङ चमच्चा हाल्ने पाको पुस्ता अधिकांशको स्वर्गारोहण भयो । युवा पुस्ता बुढेसकालमा पुगे ।
गोधुली साँझमा पिङ खेलेर रमाउँदै स्थानीय बालबालिका
अस्ताउन लागेको सूर्य । दिनभरको घाम डुब्न लाग्दाको क्षितिज । गोधुली साँझमा बालबालिका लिङ्गे पिङ खेल्दै रमाएका छन् । चचहुई गर्दै पिङ मच्चाउँदै आकाश छुन खोज्दाको निकै रमणीय महसुस भएको बालबालिकाको भनाइ छ ।
बासी र सडेगलेका खाना नखान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी,सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो ।
सिकाली जात्राको हर्षोल्लास
ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ । पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीको दिनमा देवी देवताको नाच गरिन्छ ।
कालरात्रि देवीको पूजा आराधना गरिँदै
बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रीको सातौँ दिन शक्ति पीठमा श्रद्धालुको भीड [फोटो फिचर]
आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भित्र्याउने दिनमा देशैभर फूलपाती भित्राइएको छ। नवरात्रीको सातौँ दिन अर्थात् सप्तमीलाई ‘फूलपाती’ भनिन्छ ।
उत्खननको पर्खाइमा गोटिहवा
कपिलवस्तु, असोज १५ गते । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि दक्षिण पश्चिमको चार किलोमिटर र कुदान अर्थात् निग्रोधरामबाट दुई किलोमिटर पश्चिम गोटिहवा गाउँको खुला र हरियालीको बिचमा रहेको छ अशोक स्तम्भ । जुन क्रकुच्छन्द बुद्धसँग सम्बन्धित रहेको छ ।सम्राट् अशोकको धर्मयात्रामा सर्वप्रथम सम्राट् अशोक बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आएका थिए । आफ्नो पूर्वजहरूका बारेमा बुद्धद्वारा दिर्घनिकाय महापदान सुन्तमा देशना गरेको विषयलाई सम्झँदै कपिलवस्तु क्षेत्रमा रहेको कोणागमन बुद्धसँग सम्बन्धित निग्लिहवा र क्रकुच्छन्द बुद्धसँग सम्बन्धित गोटिहवामा पुगी आफ्नो श्रद्धा व्यक्त गरेका थिए ।आफ्नो सम्झना र उपस्थित जनाउन कोणागमन क्रकुच्छन्द बुद्धका बारेमा लोकले जानुन् भनी यही स्तम्भ र स्तुपा निर्माण गर्न लगाएका थिए ।गोटिहवाको अशोक स्तम्भको माथिल्लो भाग फुटेको देख्न नपाइए पनि व्होयनसांगले आफ्नो यात्राको क्रममा गोटिहवाको स्तम्भमा पनि अभिलेख देखेका थिए । यस स्तम्भ अभिलेखमा पनि निग्लिहवा स्तम्भको जस्तै भाषा रहेको अनुमान गर्न सकिन्छ ।गोटिहवाको स्तम्भको माथिल्लो भाग उपलब्ध नभई अभिलेख देख्नमा नआए तापनि दिव्यावदान साहित्यले सम्राट् अशोकको स्पष्ट उपस्थितिको बारेमा वर्णन गरेको छ । त्यसो त सम्राट् अशोकको कपिलवस्तु यात्रामा स्तम्भ र स्तुपाको निर्माण गरेको थियो भनी उल्लेख गरिएको छ ।पछिल्लो समयमा गरिएको उत्खननको क्रममा प्राप्त, मौर्यकालीन विषयवस्तुले उनको कार्यकालमा अन्य भौतिक संरचनाहरूको पनि निर्माण भएको भन्ने बुझिन्छ । निग्लिहवाको स्तम्भमा मौर्यको चित्र कुँदिएकाले अशोकपछि अन्य मौर्य राजाहरूको पनि यस क्षेत्रमा उपस्थिति भएको बुझिन्छ । यी सबै कुराले प्रस्ट के हुन्छ भने कपिलवस्तुको वास्तविक पहिचान स्थापित गर्ने कार्यमा सम्राट् अशोकको आगमन र योगदानले विशेष महत्त्व र भूमिका रहेको प्रस्ट बुझन सकिन्छ ।फाहियान कपिलवस्तु पुग्ने यात्रीमध्ये पनि एक थिए । फाहियानले आफ्नो यात्रा वर्णनका क्रममा उक्त स्थानलाई क्रकुच्छन्द बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्माण स्थानका रूपमा चित्रण गरेका छन् । फाहियानले यस स्थानमा प्रशस्त स्तुपाहरु देखेका थिए । फाहियानले पहिचान गरेका उक्त स्थानलाई अहिले गोटिहवा भने तापनि बुद्धवंशमा भने यस स्थानलाई क्षमावती नगर भनेर उल्लेख गरिएको छ ।अर्का चिनियाँ यात्री हवेन्सांग पनि एक थिए । उनले पनि कपिलवस्तु नगरको पचास ली दक्षिण क्रकुच्छन्द बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्वाण स्थलको रूपमा वर्णन गरेका छन्। । यात्राको क्रममा उनले त्यहाँ प्रशस्त बुद्धका अस्तुसहितका स्तुपाहरु देखेका थिए । स्तम्भको शीर्ष भागमा सिंहको मूर्तिसहित क्रकुच्छन्द बुद्धका बारेमा वर्णनहरू लेखिएको अभिलेखलाई पनि देखेका थिए ।जितारि मल्ल र रिपुमल्लले लुम्बिनीको दर्शन गरिसके पश्चात् कपिलवस्तुको गोटिहवा र निग्लिहवा आएर पूजा अर्चना गरी श्रद्धा व्यक्त गरेका थिए ।जितारि मल्लले झैँ रिपुमल्लले पनि आफ्नो उपस्थिति जनाउन अशोक स्तम्भमा ‘ओम मणि पद्मे हुँ रिपुमल्लस्प चीर जयन्तु १२३४ रिपुमल्ल सदा विजयी रहु नै’ वाक्य कुन्दन लगाएका थिए । हाल सो वाक्य गोटिहवा अशोक स्तम्भको बाँकी भागमा रहेको देखिँदैन। तथापि नेपालको इतिहास लेखन कार्यमा कपिलवस्तुको पहिचान र प्रामाणिकता स्थगित गर्नका लागि सामग्री र अभिलेखका वाक्यहरू आधार स्तम्भका रूपमा रहेको पाइन्छ ।हाल यहाँ रहेको अशोक स्तम्भ टुक्रिएको अवस्थामा छ । यस स्तम्भको के कति भाग जमिन मुनी रहेको छ, सो निर्क्योल हुनसकेको छैन । क्रकुच्छन्द बुद्ध, गौतम बुद्धभन्दा अघिका बुद्ध हुन । यस गोटिहवा गाउँमा विद्वानहरूले भने अनुसार यहाँ निकै नै स्तुपाहरु रहेका छन् । तसर्थ यस स्थलमा विस्तृत रूपमा पुरातात्त्विक उत्खनन भइनसकेको छ । तसर्थ यहाँ उत्खनन गर्न अति नै आवश्यक छ ।प्राचीन गोटिहवा ईटाको स्तुप, अशोक स्तम्भले तल्लो भागमा पोखरी रहेको छ र आधुनिक गाउँले घेरिएको छ । यो ठाउँमा सर्वप्रथम अन्वेषण सन् १८९० को दशकमा भएको थियो । सन् १८९८ मा स्तुपमा मेजर वाडेलव्दारा आंशिक उत्खनन गरिएको थियो । पहिलाका केही पुरातत्वविद्हरुले यो स्मारकले पूर्व क्रकुच्छन्दको जन्मस्थानलाई संकेत गर्दछ भनि विश्वास गरेका छन् ।यो स्तुपमा सन् १९९०को दशकमा ईटालीका पुरातत्वविद् जियोभानी भेरार्डिले पुनः उत्खनन गरी स्तुपको निर्माण २ तहमा भएको पहिचान गरेका थिए । आरम्भिक कालको स्तुपको नाप १९.५ मिटर ब्यास रहेको र धेरैजसोमा चिन्ह कुँदिएको आयाताकार र त्रिकोणात्मक इँटाव्दारा घट्दो क्रमको गोलाकाररूपमा निर्मित थियो । पछि स्तुप २१.५ मिटर ब्यासमा आयातकार ईटाहरुमात्र प्रयोग गरी विस्तार गरियो ।भेरार्डिले स्तुपको सर्वप्रथम निर्माणकर्ता श्रेय सम्राट अशोकलाई (ईसापूर्व तेस्रो शताब्दी) दिएको र ईसा पूर्व १०० देखि इ स ३०० को विचमा कुषाणकालमा स्तुपको विस्तार भएको उल्लेख गरेका छन् । उत्खनन स्तुप बन्नुभन्दा पूर्वदेखि नै यस ठाउँमा बसोबास रहेको तथ्य प्रकाशमा ल्याएको थियो ।कार्वन तिथि निर्धारणबाट यस स्थलको तिथि ईसा पूर्व ८०० आएको थियो र आरम्भिक उत्तरी कालापालिस गरिएका माटोको भाँडाका टुक्राहरुको प्राप्तिले यो ठाउँ लुम्बिनी गाउँ जतिकै ईसापूर्व १३०० कै समकालीन भएको सङ्केतसमेत प्राप्त भएको व्यहोरा गोटिहवामा राखिएको सूचना पाटीमा उल्लेख गरिएको छ ।
दशैंसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता
नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्नुहुन्थ्यो । उहाँलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ ।
‘मामाघरको दशैँ सम्झिरहन्छु’
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी यो वर्षको दशैँ काठमाडौँमै मनाउने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार दशैँ भनेको परिवार, आफन्त जम्मा भएर टीका लगाउने, सबैसँग भेटघाट गर्ने चाड हो । बाल्यकालमा पिङ खेल्न र चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो तर अहिले पिङ र चङ्गा संस्कृति समाजबाट हराउँदै गएको उहाँ बताउनुहुन्छ । सानो छँदा दशैँमा नयाँ कपडा किनेको, कपडा मन परेन भने घरपरिवारसँग घुर्की लगाएको सधैँ याद आइरहने बताउने अभिनेता केसीसँग सम्झनामा दशैँ मन्थन गरेका छौँ ।
‘सखिया नाच’को रमझम सुरु
दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ ।
कोही उडेर त कोही गुडेर
कोरोनाले थलिएका सामाजिक, सांस्कृतिक रीतिरिवाज तथा परम्परा पुनः बिस्तारै आफ्नो लयमा आउन थालेका छन् । स्वदेशमा होस् वा विदेशमा बसेका नेपालीले आफ्ना घरपरिवारसँग स्वतन्त्र र आनन्दले चाडबाड, मेला–पर्व तथा टीकाटालो गर्न नपाएको झन्डै चार वर्ष भयो । कोरोनाको डरले जो जता बसेको छ, त्यतै ज्यान जोगाउनुपर्ने बाध्यताले होला, यसअघिका चारवटा दशैँलगायत चाडपर्व खासै खुसी र आनन्दले मनाउन पाइएका थिएनन् तर यस पटक भने स्वदेश मात्र होइन, विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीसमेत स्वदेश फर्केर घरपरिवारसँग टीकाटालो गर्ने, आशीर्वाद लिने–दिने योजना बनाइरहेका छन् ।
घुमघाममै रमाइलो
जीवन एक प्रकारले यात्रा हो । घुमन्ते, फिरन्ते जीवनशैलीबाटै मानिस उन्नत समाजमा आइपुगेको हो । त्यो गुण मानव समाजमा अहिले फरक ढङ्गले अघि बढिरहेको छ ।
दशैंमा टीका लगाउने थरी थरीका संस्कार
रै नेपालीले दशैँ मनाउँछन् । एकथरी रातो टीका लगाउँछन् अर्काथरी सेतो टीका लगाउँछन् । अर्काथरी निधारमा सामान्य टीका मात्रै लगाउँछौँ भन्छन् । एकथरी जमरा लगाउँछन्, अर्काथरी जमरा नलगाई मनाउँछन् । दशैँ मनाउँदा कसैले पशुबलि दिन्छन््, कसैले दिँदैनन् । त्यसैले दशैँमा विविधता छ । एउटै परिवेशमा एउटै जातजाति, एउटै वर्ण मात्रैको दशैँ हो भन्न खोज्यौँ भने दशैँको महानतामा असर पर्छ र खलबलिन पुग्छ ।
पिङ र चङ्गा उमङ्गको प्रतीक
दशैँ नजिकिन थालेको कुरा मौसमले जनाउ दिन्छ । बर्खाभरि मडारिएको कालो बादलका छिटपुट अंश पनि बिस्तारै हराउँछ । धर्ती उज्यालो अनि आकाश खुला हुन्छ । शरद् ऋतुको आगमनसँगै खेतबारीका डिलमा ढकमक्क सयपत्री फुल्छन् ।