उपत्यकामा फागुपर्वको रौनक
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाएका छन् । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । होलीका परम्परागत लोकभाका र गीतसङ्गीतसँगै नाच्दै होली पर्व मनाइएको थियो । फागु विजयको हर्षोल्लासका रूपमा एक–आपसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्ग्याउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।
मधेशमा फागुपर्वको उमङ्ग, जनकपुरधाममा माध्यमिकी परिक्रमा
मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्। मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ। मधेशमा बसोबास गरिरहेका पहाडी समुदायले सोमबार फागुपर्व मनाएका छन्। धनुषाबाहेकका जिल्लामा मङ्गलबार र धनुषामा बुधबार फागु खेलिँदै छ।
नयाँ सडक र वसन्तपुरको होली (फोटो फिचर)
विदेशी पर्यटकदेखि स्थानीय बासिन्दा र सर्वसाधारण वसन्तपुरमा पुगेर रङ लगाएर होली मनाएका छन् ।
लैनचौरमा गोलभेंडाको होली ! (फोटो फिचर)
फागु पूर्णिमाको अवसरमा काठमाडौं लैनचौरमा रहेको नेपाल स्काउटको मैदानमा गोलभेंडाको होली मनाइएको छ।
होलीले सांस्कृतिक र भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
महामूर्खको उपाधि पाउन तँछाडमछाड
कसैलाई मूर्ख मात्र पनि भनिदिँदा क्रोधले तथानाम गालीगलौज मात्रै गर्दैनन् उस्तै परे हातपात गर्न अग्रसर हुन्छन्। तर जनकपुरमा सम्मेलनको आयोजना गरेर हजारौँ मानिसका अगाडि महामूर्ख भनेर घोषित गरिँदा पनि आफूलाई गौरवान्वित महसुस गर्छन्।
होली उत्सव कोठामा, हरायो जोगिरा
केही वर्ष पहिले रङ, सद्भाव र एकताको पर्वको रूपमा जोगिरा गाएर मनाइने होली पर्व कोठामा सीमित हुन थालेको छ। होलीमा उत्साह बढाउने जोगिराको अभ्यास हराउँदै जान थालेपछि यस्तो देखिएको हो।
वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)
रङ्गहरूको पर्व होली आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ ।
मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो
मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवम् सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा आज (सोमबार) जनकपुरधाम आइपुगेको छ । फागुन ८ गते औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा आज जनकपुरधाम आइपुगेको हो ।
‘फागु’ अर्थात् वसन्तोत्सव : पहिले रङ्ग औषधि, अहिले विषादी
होली अर्थात् फागु पूर्णिमा विभिन्न रङ्गहरूको चाड हो । होली एक प्राचीन उत्सव हो । यो पर्व नेपाल एवम् भारतमा प्राचीनकालदेखि नै प्रचलित हुँदै आएको एक विशिष्ट पर्व हो ।
राजधानीमा सभ्य बन्न थाल्यो फागुपूर्णिमा पर्व
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिएन ।
‘होली खेल्दा रसायनयुक्त रङ्गबाट बच्नुहोस्’
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली (रङ्गहरूको पर्व) पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ ।
डम्फु र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै
‘होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर, विगतका वर्षहरूमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ ।
साँखुको प्राचीन गुंविहार, बज्रयोगिनी
काठमाडाैंको शङ्खरापुर नगरपालिका साँखुको प्रख्यात एवम् प्राचीन बज्रयोगिनी मन्दिर छ । यसकै दायाँतर्फ प्राचीन गुंविहार छ । नेपाल भाषामा 'गुं' को अर्थ जङ्गल हो। त्यसैले यसलाई जङ्गलमा रहेको विहार भनिएको हो ।
रङको पर्व होली खेलौँ सुरक्षित
वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने फागुपूर्णिमामा रङसँग खेलेर मनाइने पर्व हो होली (फागु)। यस पर्वमा नेवार समुदायमा नेपाल भाषाको गीत गुन्जयमान हुन्छ। होली गीतमा युवकयुवती खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिइन्छ। फागुपूर्णिमामा रङसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो।
माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव
विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज (शनिबार) फरक दृश्य देखियो ।
होली पर्व किन मनाइन्छ ?
होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
बदलिँदै झाँगड
नेपालका आदिवासी जनजातिमा सूचीकृत झाँगडको बाक्लो बस्ती धनुषा जिल्लाको नौ सय बिघा गाउँ क्षेत्रमा छ तर सिरहा, सर्लाही, महोत्तरी, मोरङ, सुनसरीलगायतका तराई र केही पहाडी जिल्लामा पनि यिनीहरूको बसोबास देखिन्छ ।
‘हायु जातिको विकासमा स्थानीय सरकार कटिबद्ध’
लोपोन्मुख जाति हायुको सीप र पहिचान विकासका लागि कमलामाई नगरपालिका कटिबद्ध रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
हराएको हुड्के नाचको महत्त्व
कालीकोटसँगै साविकको कर्णालीमा चर्चामा रहेको हुड्के नाँच पञ्चेबाजा फेरि स्थापित हुन थालेको छ।
बाह्र वर्षपछि इतुम्बहालमा प्रब्रज्याभिषेक
कान्तिपुरका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा आज (बिहीबार) ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) गरिएको छ ।
होली पर्व किन मनाइन्छ ?
होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
बज्र गुरु मन्त्र जपमा बिस हजार भक्तजन सहभागी
ताप्लेजुङमा आयोजित बज्र गुरु मन्त्र जप पूजामा करिब बिस हजार बढी भक्तजन सहभागी भएका छन् । भौतिक सुख तथा मानव शान्तिको कामना गर्दै आयोजना गरिएको तीन दिने चौथो बज्र गुरु मन्त्र जप पूजामा उक्त सङ्ख्यामा भक्तजन सहभागी भएका हुन् ।
सजिलो र आकर्षक होलीको पहिरन
होली (फागुपूर्णिमा) नजिकिएसँगै असनको रामचन्द्र खड्गीलाई रङ तथा होलीको लुगा बेच्न भ्याइनभ्याई छ । फागु खेल्न सेतो टी–सर्ट वा होली लेखिएको लुगा अनिवार्यजस्तै भएपछि सबैको मन लोभिएको हो । उहाँले ‘ह्याप्पी होली’, होलीका रङ, मिलेर खेलौँ होली लेखिएका टी–सर्ट बिक्री गर्दै आउनुभएको छ । बच्चा तथा युवा पुस्ताले यस्ता लुगा बढी खरिद गर्ने अनुभव उहाँले व्यक्त गर्नुभयो । खड्गीले होलीको एक दिन अगाडि भने धेरै लुगा बिक्री हुने बताउनुभयो ।