ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ् पार्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५०’को अवसरमा शेर्पा दिदीबहिनी, दाजुभाइलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बौद्ध धर्म गुरु र धर्मालम्बीहरु साङ्ग पूजामा व्यस्त
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।
वरिष्ठताका आधारमा साधुसन्तको बिदाइ
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहति पाँच सयदेखि आठ हराजसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।
पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा सुरु (फाेटाे फिचर)
विश्वकै लामा धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा सोमबारदेखि विधिवत् शुरु भएको छ ।
मौन स्नान गरी मनाइयो सोमबारे औँसी
सोमबार औँ;L परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।
दाफा भजनप्रति रुचि घट्दै
नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महत्त्वपूर्ण र मौलिक विधा हो, दाफा सङ्गीत । दाफा सङ्गीतमा शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पाउन सकिन्छ ।
मादलमा नेपाली सेनाको विश्व रेकर्ड
नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना
महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवम् दर्शन गर्नुभएको छ। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभएको छ।
शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ। केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो।
महाशिवरात्रिमा महोत्तरीका शिवालयमा भक्तजनको भीड
हिन्दुका आराध्यदेव शिवको विशेष पूजा आराधना गरेर मनाइने शिवरात्रीको अवसरमा शनिबार महोत्तरीको प्रसिद्ध शिवालयमा दर्शनार्थीको भीड लागेको छ।
गलेश्वर शिवालयमा दर्शन गर्नेको भीड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रीको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।
पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भीड
महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आराधनाका लागि भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।
पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)
आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
मायाको प्रतीक महाशिवरात्रि
हिन्दु धर्ममा महाशिवरात्रि पर्वको विशेष महत्त्व छ । आराध्यदेव भगवान् महादेव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ ।
पशुपतिनाथमा बिहान ३ बजेदेखि चारै ढोका खुल्ला
महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
महाशिवरात्रि पर्वको रौनक
पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ ।
महाशिवरात्रि आज
आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको चहलपहल
हरेक वर्ष महाशिवरात्रि पर्वमा देशैभरका शिव मन्दिरमा श्रद्धालुको भीड लाग्ने गर्दछ। हिन्दु धर्मग्रन्थ अनुसार देवको पनि देव अर्थात् भगवान् महादेवको पूजाअर्चना गरेर शिवरात्रि विशेष ढङ्गले मनाउने परम्परा रहेको छ।
पशुपतिनाथमा बाबाहरूको बहुरङ्गी रूप (फोटो फिचर)
महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरु पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् ।
लामा समुदायका महिलाको नाच ठाइकोर
हिमाली भेगका लामा समुदायका महिलाले परम्परगत पोसाक र गरगहना लगाएर नाच्ने नाच हो, ठाइकोर । विशेष पर्व र मेलामा गाउँभरिका महिला मिलेर यो नाच नाच्ने गर्छन् । सिमकोट गाउँपालिका–३ की छपा
महिलालाई पन्चैबाजा बजाउने तालिम
दोलखाको भीमेश्वर नगरपालिकाले महिलाका लागि पन्चैबाजा बजाउन तालिम सुरु गरेको छ । महिलामा पन्चैबाजा बजाउने सीप हस्तान्तरण, संरक्षण र प्रवद्र्धनसँगै महिलाको आयआर्जनमा सघाउन वडाले तालिम सुरु गरेको वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक, मौलिक, सांस्कृतिक र सामाजिक महŒवको पन्चैबाजा विस्थापन हुने खतरा बढेकाले संरक्षणमा सबै जुट्नु्पर्ने खाँचो छ ।”
महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थी आउने
यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ ।