• १२ असोज २०८१, शनिबार

नयाँ बजारमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), माघ २५ गते । इलामको माइजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँ बजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा निर्माण गरिएको छ । २१ फिट अग्लो प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको हो । 

माइजोगमाई गाउँपालिका नयाँ बजारका युवा व्यवसायी मुकेश भण्डारीले सो गणेशको प्रतिमा आफ्नो एक्लो लगानीमा निर्माण गरेका हुन् । प्रतिमा निर्माण गर्दा २२ लाख खर्च लागेको भण्डारीले जानकारी दिनुभयो ।

हाल काठमाडौं बस्दै आउनुभएका भण्डारीले धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा उक्त ठाउँलाई विकास गर्न आफूले गणेशको प्रतिमा आफ्नै खर्चमा बनाएको जानकारी दिनुभयो । 

दुर्गा मन्दिर संरक्षण समिति स्थानीयवासी समाजसेवीलगायत भण्डारीको उपस्थितिमा प्रतिमाको अनावरण गरिएको थियो । रोजन आर्ट स्टुडियो धरानका कलाकारले प्रतिमा निर्माण गर्नुभएको हो ।