• ८ पुस २०८१, सोमबार

लोप हुने अवस्थामा स्थानीय सीप

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ २९ गते । हुम्लामा परम्परादेखि महिलाले लगाउने गाउनलाई रङ्ग्याउने सीप लोप हुने अवस्थामा पुगेको छ।  विवाहित महिलाले त्यसरी हातै रङ्ग्याएको गाउन लगाउनको सट्टा घरेलु धोती लगाउन थालेपछि उक्त सीप हराउने अवस्थामा पुगेको हो। 

सिमकोट गाउँपालिका–६ को लाडेबाडा गाउँकी सन्जु रावतले हिउँदको समयमा अधिकांश महिलाले गाउन रङ्ग्याउने कार्य हाल लोप हुने अवस्थामा पुगेको बताउनुभयो। अहिले अधिकांश महिला धोती र कुर्तासुरुवाल लगाउने भएको कारण त्यसरी रङ्ग्याएका गाउन लगाउन छोडेकाले सो सीप पनि हराउने चिन्ता थपिएको हो। कपासबाट तयार पारिएको घरबुनाको कपडाबाट महिलाले आफ्ना लागि गाउन किन्ने गर्दै आएका थिए। सो कपडामा स्थानीय प्रविधि निगालोको पत्ताले (छिपो) मसीका रूपमा (तोरो) का प्रयोग गर्दै गाउनलाई रङ्ग्याउने कार्य गर्थे। 

सबै महिलाले उक्त गाउन लगाउने भएका कारण घर–घरमा यति बेला सो कार्य महिलाले गर्थे तर उहाँले अहिले फाट्टफुट्ट रूपमा त्यसरी रङ्ग्याएका गाउन लगाउने कार्य अघिल्लो पुस्ताको महिलाले मात्र गर्ने सिमित रूपमा गाउन रङ्ग्याउने गरिएको बताउनुभयो। त्यसै रङ्ग्याउने सीप पनि निश्चित महिलालाई हुने गरेको थियो। ती सिपालु महिलाबाट नयाँ सिक्ने चाहन भएका महिलाले सिक्ने गर्थे। महिलाले यसको प्रयोग कम गर्ने भएपछि घरबुनाको कपडा र मसीका रूपमा प्रयोग हुने तोरोको बिक्री पनि घटेको छ।