त्रिहत्तर बोरा अप्रशोधित गाँजासहित तीन पक्राउ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अवैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना
विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ ।
वैदेशिक रोजगारीमा लाखौँ रकम ठगी गर्ने चार जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
फरार अभियुक्त पक्राउ
सप्तरीमा फरार प्रतिवादी एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका –५ खोजपुरका ५० वर्षीय शुभनारायण ठाकुर रहेका छन् ।
नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरेको छ ।
सुनसरीमा महिला हिंसाको घटना बढ्दो
सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
चार केजी चरेससहित महिला पक्राउ
कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।
श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ
श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।
स्काभेटरको ठक्करले वृद्धको मृत्यु
स्काभेटरको ठक्करबाट ओखलढुङ्गामा एक वृद्धको ज्यान गएको छ । अपरान्ह स्काभेटरको ठक्करबाट जिल्लाको चिशङ्खुगढी गाउँपालिका –६, भदौरे मुगाछापका ६६ बर्षीय एकबहादुर थापा मगरको ज्यान गएको हो ।
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियम विपरीत भए जग्गा फिर्ता गर्ने
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।
बुद्ध शान्तिमा श्रमिकको हत्या
झापाको बुद्ध शान्तिमा एक जना श्रमिकको हत्या भएको छ । बुद्ध शान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय विक्रम सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् ।
सत्रजना जुवातास खेलाडी पक्राउ
काठमाडौं महानगरपालिका–२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
छ सयभन्दा बढीको तिस करोड ठगी, दुई जना पक्राउ
सुन्दा पनि आङ जिरिङ्ङ हुन्छ, एक जनाले छ सय जनाभन्दा बढीलाई ठग्यो । सोझासाझा गाउँलेबाट ठगिएको रकम पनि करोडौँ छ । वैदेशिक रोजगारीका नाममा हुँदै आएको ठगीमा यो अर्को चर्को ठगी रहेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार युरोपका विभिन्न मुलुक तथा क्यानाडामा आकर्षक रोजगारीका लागि पठाइदिने बहानामा यस्तो ठुलो ठगी भएको हो । सोही प्रकरणमा काठमाडौँ–१६, बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक विकास वाइबा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी
भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।
अमेरिका उड्ने लोभमा नक्कली प्रमाणपत्र बनाउने १० जना प्रहरी खोरमा
प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित दश जनालाई पक्राउ गरेको छ।
छ सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने पक्राउ
युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित थापा पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ ।
लेकसाइडमा पर्यटकलाई दुःख दिने ६ जना पक्राउ
पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
माल्टा पठाउने भनी छ लाखभन्दा बढी ठगी गर्ने पक्राउ
प्रहरीले माल्टा पठाउने भनी छ लाख १८ हजार रुपियाँ ठगी गर्ने ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
जबरजस्तीकरणी गरेको आरोपमा खोटाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।
कर छलीमा भाटभटेनी दोषी
सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको फैसला पूर्ण इजलासले पनि सदर गरेको हो । राजस्वसम्बन्धी पुनरवलोकनको उक्त विवाद मङ्गलबार सर्वोच्चको पूर्ण इजलासले टुङ्गो लगाएको हो । नक्कली बिल बिजकसँग सम्बन्धित ठुला व्यावसायिक घरानाका सयभन्दा बढी विचाराधीन मुद्दालाई समेत मार्गदर्शन गर्ने गरी पूर्ण इजलासले फैसला गरेको हो ।
गाडीको ठक्करबाट एकको मृत्यु
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ । बा १८ च ५८२९ नम्बरको नवीन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो ।
अनलाइन गेम खेलाउने सात जना पक्राउ
प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ ।
एक अर्ब ४९ करोडभन्दा बढी ठगी गर्ने पक्राउ
प्रहरीले अनलाइन ठगी गरी रकमान्तर भएका खाताको व्यवस्थापन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।