जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
रामेछापमा विद्यालयबाट घर फर्किदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।
घरायसी विवादमा बाबुको ज्यान गयो, छोराहरू पक्राउ
छोराहरूसँगको विवादमा धकेलाधकेल हुँदा पाँचथरको कुम्मायक गाउँपालिका १ गैरीगाँउका ८३ वर्षीय चन्द्रमान तामाङको ज्यान गएको छ ।
नाबालिका दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी दुबईबाट पक्राउ
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी गर्ने क्रममा अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिने ३३ वर्षीय सगीर अहमदलाई दुबईबाट पक्राउ गरेको छ ।
हत्या आरोपमा तीन जना पक्राउ
लुटपाटपछि वृद्धाको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–३ की ८२ वर्षीय बालामाया सुनुवारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
स्पा सेन्टरबाट सात जना पक्राउ
नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमध्ये अधिकांशमा अवैध गतिविधि हुने गरेको जनगुनासो पटक पटक आएपछि प्रहरीले ती स्पा सेन्टरमा छड्के गरेको छ।
डलर साटिदिने बहानामा लुटपाट
काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
मिटरबक्स ल्याउँछु भन्दै ठगी
बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनी ठग्ने सुमन बास्कोटाविरुद्ध स्थानीयले उजुरी दिएका छन् । सुनकोशी गाउँपालिका-१ को ढेबुवाघाट माझी बस्ती, साँधी र भिरगाउँका स्थानीयलाई मानेभञ्ज्याङ गाउँपालिका-६ थाक्लेका बास्कोटाले मिटरबक्स ल्याइदिन्छु भनेर रकम ठगी गरेका हुन् ।
बालविवाह गर्ने बेहुलासहित पाँच जना पक्राउ
नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।
नक्कली भिजिट भिसा बनाउने वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।
स्रोत नखुलेको १६ लाख नगदसहित एक व्यक्ति पक्राउ
स्रोत नखुलेको १६ लाख १० हजार रुपियाँसहित सशस्त्र प्रहरीले मंगलबार विराटनगरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ
प्रहरीले साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक नवलपरासी स्थायी घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र काभ्रेपलाञ्चोकका ४० वर्षीय सोफि मल्ललाई पक्राउ गरिएको छ ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।
नौ हजार गाँजाको बोट नष्ट
लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
हराएका बालक जङ्गलमा मृत फेला
गुल्मीमा १० दिनदेखि हराइरहेका बालक जङ्गलमा मृत फेला परेका छन् ।
८३ जनाबाट दुई करोड ६३ लाख ठगी गर्ने उपाध्याय युएईबाट पक्राउ
दुबईका आकर्षक तलबमा काम लगाइदिने भन्दै ८३ जनाबाट दुई करोड त्रिसट्ठी लाख चौवन्न हजार छ सय दस रुपियाँ ठगी गर्ने कोमल राज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । युएई मा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।
मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो ।”
प्लाष्टिकमा भ्रुण बोकेर हिँड्ने भारतीय नागरिक पक्राउ
सर्लाही सदरमुकाम मलङ्गवामा प्याष्टिकमा भ्रुण बोकेर हिँडेका एक भारतीय नागरिक पक्राउ परेका छन् ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
इलामको फिक्कल बजारबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बोका चोर्ने दुईजना पक्राउ
गुल्मीमा बोका चोरेकाे आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली सवारी दर्ता किताब बनाउने दुई जना गाडीसहित पक्राउ
प्रहरीले नक्कली सवारी दर्ता किताब बनाउने दुई जनालाई गाडीसहित पक्राउ गरेको छ ।