छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् । जम्मा पक्राउ परेकामध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।
हरिपूर्वा नगरपालिकाकाे सेवा ठप्प, १७ दिनदेखि कर्मचारी आन्दोलित
पटक–पटकको प्रयास र तनावका बिच नगर सभा सम्पन्न भए पनि अझै तलब नपाएको भन्दै सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले १७ दिनदेखि धर्ना जारी राखेका छन् ।
प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने टमटा प्रहरी नियन्त्रणमा
अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–६ को पाल्स गाउँका ३४ वर्षका दिपक टमटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिरामी हैन गाँजा बोक्ने एम्बुलेन्स
एम्बुलेन्सले यति वेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ । सोमबार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरी गढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ ।
फरार प्रतिवादीहरू पक्राउ
कैलाली प्रहरीले अदालतबाट फैसला भएपछि फरार भएका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय, जरिवाना फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
पति–पत्नीसहित चार लागूऔषध कारोबारी पक्राउ
लागूऔषध सेवन र विक्रीविरुद्ध कडा रूपमा उत्रेको प्रहरीले बाँके र बर्दियाबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ ।
ब्राउन सुगरसहित दुई जोडी पक्राउ
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट दुई जोडी पक्राउ गरेको छ ।
साढे २४ किलो चरेससहित पाँच जना पक्राउ
कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन् ।
दश फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ
सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।
कर्मचारीले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता
रुकुमपश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपियाँ बंैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो ।
सरकारी जग्गा हिनामिना सरकारी कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
फरार तीन प्रतिवादी पक्राउ
कञ्चनपुर प्रहरीले फरार रहेका तीन जना कसुरदारलाई पक्राउ गरेको छ । विभिन्न समयमा जिल्ला अदालतले फैसला सुनाइ कसुरदार ठहर गरेपछि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उपत्यकामा लुटपाट चोरी र ठगी गर्ने पक्राउ
काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
नापतौल यन्त्र ठगी गर्नेलाई जरिबाना
नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो ।
प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामविर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हातहतियार बरामद
चोरी सिकारीमा प्रयोग भएको दुई थान अवैध बन्दुकसहितको हातहतियार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेको छ।
श्रीमानको कुटाइले एक महिला घाइते
ताप्लेजुङमा श्रीमानको कुटपिटबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका दिलबहादुर बस्नेतको कुटपिटबाट २६ वर्षीया मनमाया शेर्पा (बस्नेत) घाइते हुनुभएको हो ।
नाबालिका करणी गरेको आरोपमा २ जना पक्राउ
नाबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ र ईश्वर चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सन्दीपले बाहिरै बसेर मुद्दा लड्न पाउने
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन्।