• १२ साउन २०८१, शनिबार

फरार प्रतिवादीहरू पक्राउ

blog

अविनाश चौधरी

धनगढी, फागुन १४ गते । कैलाली प्रहरीले अदालतबाट फैसला भएपछि फरार भएका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय, जरिवाना फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा बहुविवाह मुद्दाको दोषी धनगढी उपमहानगरपालिका–१२ का २९ वर्षीय दिलबहादुर थापा, लागूऔषध मुद्दाको कसुरदार धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय शम्भु सेवा, सोही ठाउँकै २२ वर्षीय विवेक नेपाली रहेका छन् । 

यसैगरी, लागूऔषध मुद्दाकै दोषी धनगढी उपमहानगरपालिका–८ का ४० वर्षीय भक्तु राना, नाता कायम मुद्दाका टीकापुर नगरपालिका–६ की ३२ वर्षीया आस्था कुँवर, चेक अनादर मुद्दाको दोषी जानकी गाउँपालिका–८ का ४२ वर्षीय पृपबहादुर भण्डारी, टीकापुर नगरपालिका–९ का ४४ वर्षीय तुलबहादुर धामी र चेक अनादर मुद्दाकै दोषी टीकापुर नगरपालिका–१ की ४१ वर्षीया शोभासिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकाहरूलाई कैद सजाय र जरिवाना भुक्तानका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।