दश करोड ठगी गर्ने ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी घटनामा संलग्न दुई जना पक्राउ
प्रहरीले नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चारी भएको घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी थुनामा
कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ
आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै १९ लाख ६० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
दुई जनालाई जरिबाना तथा कैद
अवैध सम्पत्ति शुद्वीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौँले दुई जनालाई कैद तथा जरिबाना गर्ने फैसला गरेको छ । सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमोदकुमार जैसवाल र पप्पु ठाकुरलाई कैद र जरिबानाको फैसला गरेको हो । जैसवाललाई आठ वर्ष कैद तथा ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपियाँ बिगो र बिगोको दोब्बर अर्थात् ८३ करोड २३ लाख ८५० रुपियाँ जरिबाना तोकिएको हो ।
हत्या अभियोगमा फरार व्यक्ति ३० वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरी सार्वजनीक गरेको छ ।
बालकुमारी घटना : मृतक परिवार र सरकारबिच सहमति
बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ ।
बसको ठक्करबाट विद्यार्थीको मृत्यु
दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासमा बसले ठक्कर दिँदा विद्यार्थीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मदरसाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बाँकेको नरैनापुर गाउँपालिका–२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कुखुरा फार्ममा आगलागी
झापा गाउँपालिका–३ फूलबारी टोलमा रहेको पोल्ट्री फार्ममा आगलागी हुदा १ हजार बोइलर कुखुरा र चारो जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय मानबहादुर खड्काको कुखुरा फर्ममा आगलागी भएको हो ।
नेपाली युवती दिल्लीमा लगेर यौन व्यवसाय गर्ने दम्पती पक्राउ
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नेपाली दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो ।
बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।
चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका-१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ ।
रुपन्देहीमा बालिकाको हत्या
रुपन्देहीको मर्चवारी गाउँपालिका-१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।
बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ ।
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
नौ किलो गाँजासहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अबैध रुपमा गाँजा बोकी हिँड्ने एक युवकलाई पक्राउ गरेको छ ।
२४ लाख बराबरको मुगा मालाहरु चोरी गर्ने पाँच जना पक्राउ
प्रहरीले बहुमुल्य मुगा मालाहरु चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
अराजकता स्वीकार्य छैन : सञ्चारमन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ ।
बालकुमारी घटनाको छानबिन गर्न समिति गठन
कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ
कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना अभियोगमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिका पठाउने भनी १४ लाख ९० हजार ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी करिब १४ लाखभन्दा बढी रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
माल्टा पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।