बलिदानी सहकारीका अध्यक्ष र लेखा सदस्यलाई थुनामै राख्न आदेश
उच्च अदालत पोखराले बलिदानी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च आदेश दिएको छ।
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु. दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।
बोक्सीको आरोपमा हत्या गरी फरार रहेको अभियुक्त १५ वर्षपछि पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ साबिक रोशि गाउँपालिका वडा नम्बर ३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
पाकिस्तानद्वारा इरानमा आक्रमण सुरु
पाकिस्तानले बिहीबार इरानको सिस्तान र बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूविरुद्ध आक्रमण सुरु गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीबारबाट आफूहरूले पनि इरानको आतंकवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण सुरु गरेको बताएको हो ।
संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ
प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित कैलालीमा आज दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले सालकको ११ किलो १०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो ।
रसिया पठाउने भनी सात लाख बढी ठगी गर्ने पक्राउ
प्रहरीले रसिया पठाउने भनी सात लाख ३० हजार लिई सम्पर्कविहीन बनेका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ ।
छोरी बलात्कार गरी छोराको हत्या गर्ने बुबा पक्राउ
सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।
पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ
ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।
१५ लाख घुससहित वडाध्यक्ष पक्राउ
काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ ।
पशु औषधीको नियमन तथा अनुगमनको माग
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले औषधी ऐन २०३५ मा पशु सेवाको संरचनासहित औषधीको नियमन तथा अनुगमनको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ ।
पार्किङबाट जिप चोरी गर्ने युवा पक्राउ
कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् ।
गौशाला-२६ को गोपनीयता भङ्ग गरेको आरोपमा एक पक्राउ
गौशाला-२६ को व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।
मदिराको कालो बजारी : खुकुरी रमदेखि ब्ल्याक लेबलसम्म नक्कली
काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ ।
वैदेशिक रोजगारीमा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
श्रीमानको शव फेला, श्रीमती अचेत
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३, पकरियामा शङ्कास्पद अवस्थामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । मृतक पुरुषको श्रीमती अचेत अवस्थामा फेला पर्नुभएको छ ।
गाँजा र चरेससहित छ जना पक्राउ
मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा र चरेससहित ६ जनालाई आइतबार नियन्त्रणमा लिएको छ ।
हुण्डी कारोबार गर्ने दुई जना पक्राउ
प्रहरीले राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
सत्तरी हजार सवारी लाइसेन्स नक्कली भएको आशङ्का
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स ) सम्बन्धमा यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरेको छ ।
श्रीमतीको हत्या गरी फरार लिम्बु पक्राउ
श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामुदायिक वनमा काँचा सालका रुख कटानी
कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो ।
बन्दुक देखाएर सुन व्यापारीमाथि लुटपाट
कपिलवस्तुमा हतियार देखाएर सुन व्यापारीमाथि लुटपाट भएको छ । पसल बन्द गरी घर फर्किँदै गरेको अवस्थामा बिहीबार साँझ ५ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
महोत्तरीमा लाखौंको धनमाल लुटपाट
महोत्तरीको दक्षिणवर्ती मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ ।
असफलले गरे श्रीमतीको हत्या, सासू र छिमेकी घाइते
आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाकको ज्यान गएको छ ।
बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश
बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।