• १६ भदौ २०८१, आइतबार

लागूऔषध र दुई लाख सहित एक पक्राउ

blog

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका वरामद गरिएको लागु औषध र मोवाईल । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, फागुन २१ गते । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध अफिम जस्तो देखिने पदार्थ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेस रिजालले सोमबार पत्रकार सम्मेलन गरी राजमार्ग क्षेत्रमा बसबाट झरेर पैदल हिँड्दै गरेको शङ्कास्पद व्यक्तिबाट लागूऔषध अफिम जस्तो पदार्थ दुई किलोग्राम ३० ग्राम र नगद दुई लाख १६ हजार पाँच सय रुपियाँसहित पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रिजालका अनुसार भरतपुर १० चौबिस कोठीमा सार्वजनिक सवारी साधनबाट झरेर पैदल हिँड्दै गरेका आइबार साँझ ७ः३० बजेको समयमा शङ्का लागि चेकजाँचको क्रममा झोलामा हेर्दा उक्त पदार्थ र नगद फेला परेको हो । 

प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति कालिकोट पचलाझरना गाउँपालिका-५ बस्ने वर्ष ४० वर्षीय केशव बम हुन् । उनको साथबाट बरामद भएको पदार्थ लागूऔषध अफिम भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसैगरी चितवन प्रहरीले विभिन्न स्थानबाट हराएका ३२ थान मोबाइल सोमबार सम्बन्धित व्यक्तिलाई बुझाएको छ । प्रहरीका अनुसार काठमाडौँ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरी लगायतको जिल्ला र अन्य व्यक्तिले चलाई राखेको अवस्थामा हराएका आई फोन, सामसुङ, रेडमी, अप्पो, भिभो र पोको लगायत कम्पनीका मोबाइल सम्बन्धित धनीलाई बुझाएको हो ।