• १६ भदौ २०८१, आइतबार

बालिकाको हत्या

blog

हरि कोइराला

उर्लाबारी, फागुन २२ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.७ लामाटोलमा सोमबार राति १० बजेतिर अज्ञात समूहले एक बालिकाको हत्या गरेको छ । खोटाङ जिल्लाको ऐंसेलुखर्क –६ ,ज्यामिरे स्थायी घर भई  पथरीशनिश्चरे –७ लामाटोलमा फुपूको छोराको घरमा बस्दै आउनु भएकी ज्ञानुमति राईको हत्या भएको हो ।

पथरी शनिश्चरे १ को पञ्चायत नमुना माविमा कक्षा ७ मा पढ्दै आएकी ज्ञानुमतिको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ । ज्ञानुमति २ वर्षयता त्यो घरमा बस्दै आउनु भएको थियो । घटनाको अनुसन्धानका लागि(के नाइन) कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।