• १६ भदौ २०८१, आइतबार

पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

blog

काठमाडौं, फागुन २३ गते । रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने रामेछाप उमाकुण्ड नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्ने २६ वर्षीय गोविन्द थापा पक्राउ परेका छन् ।

इन्द्रकुमार खवासलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु तीन लाख ७० हजार रुपियाँ लिई सम्पर्क विहीन भएका थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो ।

थापाले खवासलाई पोल्याण्ड जान आठ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी तीन लाख ७० हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । थापामाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।