• १५ वैशाख २०८१, शनिबार

अपहरित बालकको उद्धार, एक जना पक्राउ

blog

बालक अपहरणमा संलग्न भारतीय नागरिक अताबुल अन्सारी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन २४ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकाबाट अपहरणमा परेका एक बालकलाई सकुशल उद्धार गरिएको छ । भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा जानकीनगर वडा नं. १ दरबार लालवनी घर भएका धीरेन्द्र रामको छोरा ४ वर्षीय अङ्कित कुमार राम पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरबाट अपहरणमा परेका हुन् । 

बालक आफ्नी दिदीसँगै मामाघर नजिकैको पसलमा करकुरे किन्न जाँदा अपहरणमा परेका हुन् । बालकका दिदी अपहरणमा संलग्न व्यक्तिको हातबाट फुस्किएर भाग्दै मामाघर आएपनि अङ्कितलाई भने अपहरणकारीले लैजान सफल भएका थिए । 

भाइलाई नचिनेका मानिसले भारततर्फ लिएर गएको भनी बालिकाले मामाघरमा आएर भनेपछि अपहरित बालकलाई तत्कालै गाउँले र प्रहरी मिलेर सङ्ग्रामपुरस्थित सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो । 

प्रनाउ पन्जियारका अनुसार बालकलाई अपहरण गरी भारततर्फ लैजान खोज्ने भारत सितामढी बथुवारा वडा नं. १ बस्ने २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको छ । अन्सारीलाई अपहरण तथा शरीरबन्धक कसुर मुद्दामा बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।