इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार राई कुवेतबाट पक्राउ
लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
पैसा माग्दा नदिएपछि हजुरआमाको हत्या
आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं. ७ योगिटारमा आफ्नै नातिले साथीभाइ समेतलाई साथमा लिएर ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।
प्रहरीले समात्यो अवैध काठले भरिएको ट्रक
बैतडी प्रहरीले वन कार्यालयनजिकबाट अवैध काठले भरिएको ट्रक नियन्त्राणमा लिएको छ । चालकसहित काठ ओसार्दै गरेको ट्रक बैतडी प्रहरीले आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाएको छ ।
नक्कली सुन देखाएर चार करोड ठगी गर्ने पक्राउ
प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।
मृत्युपछि वृद्धभत्ता बाँड्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्युपछि वृद्धभत्ता बाँड्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानका शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बेपत्ता भएको चार महिनापछि वृद्धको शव फेला
बेपत्ता भएको ४ महिना पछि झुन्डिएको अवस्थामा वृद्धको शव फेला परेको छ । गोरखाको सहिद लखन गाउँपालिका – ३ का ८४ वर्षीय भीम बहादुर गुरुङ मङ्गलवार भुण्डिएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ
नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् ।
सुनको सिक्री नपाउँदा विवाह भाँड्ने बेहुला...
पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
११ किलो लागूऔषध सहित दुई जना पक्राउ
पर्सा प्रहरीले छुट्टा-छुट्टै स्थानबाट ११ किलो भन्दा धेरै अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
१५ किलो बढी गाँजा सहित एक जना पक्राउ
रौतहटको चन्द्रपुर १ नुनथरबाट प्रहरीले लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पीडित बालिकाको गोपनीयता भङ्ग गर्नेलाई खोज्दै प्रहरी
बलात्कार पीडित एक बालिकाको गोपनीयता भङ्ग गर्नेलाई अछाम प्रहरीले खोज्न थालेको छ । बालिकाको गोपनीय विवरण सामाजिक सञ्जाल फेसबुक लगायतमा राख्ने व्यक्तिलाई प्रहरीले खोज्न थालेको अछाम प्रहरीले जानकारी दिएको छ ।
सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु
जनकपुरधामको रामानन्द चोकस्थित सिटी स्टार होटलमा बेहोस अवस्था भेटिएकी युवतीको मृत्यु भएको छ । मङ्गलबार बिहान ८ बजे पोखराकी अन्दाजी २७ वर्षीया खुश्बु सुनार सो होटलमा बेहोस अवस्थामा भेटिनुभएको हो ।
बालबालिका घरेलु श्रमिककोरुपमा प्रयोग हुँदै
ललितपुरको एक घरमा घरेलु श्रमिककोरुपमा नाम परिवर्तन कामनाले विगत आठ वर्षदेखि काम गरिहनुभएको छ । ओखलढुङ्गामा जन्मनुभएकी कामना आफ्नो माता-पिताका पाँच सन्तानमध्ये कान्छी हुनुहुन्छ ।
२९१ किलो अवैध ब्रोइलर कुखुराको मासु बरामद
मुख्य नाकालगायत विभिन्न साइड नाकाहरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि अवैध रुपमा प्रतिवन्धित कुखुराको मासु ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ ।
घूससहित दुई प्रहरी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ ।
स्रोत नखुलेको ३९ लाख सहित तीन जना पक्राउ
प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
गाउँपालिका उपाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
चार राउण्ड गोलीसहित दुई युवक पक्राउ
प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीबाट चार राउण्ड गोलीसहित दुई युवक पक्राउ परेका छन् ।
श्रीमतीकाे हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
आठ लाख नगदसहित चार जना पक्राउ
मकवानपुर प्रहरीले करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना बढे
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन्।