मोहम्मद आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रौतहट जिल्ला अदालतमा रौतहटको एक इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
दुई पत्रकार प्रहरी नियन्त्रणमा
कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।
सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
६ महिनामा पाँच हजार ३६४ जना पक्राउ, एक अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल
नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जानकारी दिनएको छ ।
वडाध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
वैदेशिक रोगारीका नाममा पाँच लाख ठगी गर्ने पटेल पक्राउ
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रतिवादी आठ वर्षपछि पक्राउ
सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।
नक्कली कागजपत्र बनाएर सरकारी जग्गा हडप्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुन प्रकरणमा महरा र भण्डारीसँग बयान
हङकङबाट नेपाल भित्रिएको तस्करीको सुन प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । महरासँग आयोगले सिंहदरबारस्थित पुरानो गृहमन्त्रालय रहेको भवनमा झन्डै डेढ घण्टा बयान लिएको हो । २०७९ पुस १० मा चीनबाट नेपाल आयात गरिएको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट (भेप)) भित्र लुकाएर नौ केजी सुन तस्करीमार्फत नेपाल भित्रिएको थियो । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेकसुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी तस्करीको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
छ महिनामा अवैध हातहतियारसहित १३४ पक्राउ
नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन् ।
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँच जना पक्राउ
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँच जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।
नगर विकास समितिका अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित दुई सय ४९ जनाविरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
छोरी कुट्ने बुबा धरौटीमा रिहा
आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौँडा-५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
युरोप पठाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पाँच करोड फिरौती मागेकाे आराेपमा दुई जना पक्राउ
पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आराेपमा दुई जना पक्राउ परेका छन् ।
साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी
चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई पक्राउ गरिएको छ ।
भन्सार छली ल्याएका खसीसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली अवैधरुपमा नेपाल ल्याउँदैगरेका अवैध खसीबाख्रा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका पाँचवटा खसीबाख्रा बुधवार नेपालगन्जबाट बरामद गरेको हो ।
हत्या आरोपमा श्रीमान पक्राउ
कालीकोटको पलाँता गाउँपालिका –८ का एक पुरुष श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । श्रीमतीको निधन भएको भनिएको सात दिनपछि उनी पक्राउ परेका हुन् ।
अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।
वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ वडाध्यक्ष अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध पाँच लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
पचास हजार नक्कली नोटसहित एक पक्राउ
जितपुर सिमरा उप–महानगरपालिकाबाट पचास हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
आलु भित्र लुकाएर लागूऔषध तस्करी
सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्।
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्री वितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त उद्योगमा सिल गरेको हो ।