• १५ वैशाख २०८१, शनिबार

विद्यालयका लेखापाल र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार गरेको आरोप

blog

काठमाडौं, चैत १६ गते। दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चूडामणि पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शैक्षिक सत्र २०७२ र २०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट निजी स्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लि अनियमितता गरेको आरोप लागेको छ।

निज लेखापाल पोखरेलको नाममा बेरुजु देखिएको र बैठकमा आफूसमेत सामेल भएर निर्णय स्वीकार हस्ताक्षर गरेको बचत आठ लाख ९२ हजार २६७ रुपियाँ बराबरको रकम विद्यालय व्यवस्थापन समितिलाई कुनै पनि हिसाब नदेखाएको र बैंकमा डिपोजिट पनि नदेखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, चौधरीले आफूखुसी चेक काटी रकम निकासा गरेको तर उक्त चेक के का लागि काटिएको भनी उल्लेख नभएको र निकासा भएको रकमको खर्चको विवरण समेत नराखेको, आर्थिक वर्ष २०७२÷०७३ को लेखापरीक्षण प्रतिवेदनमा प्रतिवादीले आफ्नो नाममा दुई लाख २० हजार चेक काटी रकम झिकेको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो जरिवाना सजाय हुन मागदाबी लि शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।