• १५ वैशाख २०८१, शनिबार

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, फागुन २७ गते। महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बाटो र नाला निर्माणमा अनियमितता गरेको आरोपमा आइतबार गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर भएको हो। 

आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको सडक र नाला निर्माणमा स्थायी इन्जिनियरबाट कामकाज नगरा करारको इन्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराई अनियमितता गरेको आरोपमा उनीहरुविद्ध मुद्दा दायर भएको हो। प्रतिवादी मोहिबुल अन्सारी, श्यामकिशोर मण्डल, ओमकुमार महतोले  गलत अनुगमन प्रतिवेदन दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिका अध्यक्ष फारुक र निजको श्रीमती सदरुन निसाले ढलान र नाला निर्माण योजनाको बिल अनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन मुनासिव देखिएको रायसहितको टिप्पणी आदेश समर्थन गरेको अनुसन्धानबाट खुलेको छ। अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दि योजनाको निर्माण उपभोक्ता समितिलाई चार लाख तीन हजार ५८१ रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।

नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष शेष सराहत, सचिव नाजना खातुन र कोषाध्यक्ष शेष समिउल्लाह, अनुगमन समिति सदस्य पनु राय र विपिन विहारी यदुवीरले स्वीकृत लागत अनुमान बमोजिम भएको  गलत अनुगमन प्रतिवेदन दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। 

अख्तियारले चार लाख तीन हजार ५८१ रुपियाँ बिगो रकम मागदाबी गर्दै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आइतबार आरोपपत्र दायर गरेको हो।