• १३ असोज २०८१, आइतबार

सीतापाइलामा एकै परिवारका तीनको हत्या

blog

काठमाडौं, फागुन ९ गते । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले सीतापाइलमा एकै परिवारका तीन जनाको हत्या भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ३९ वर्षीया श्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ हुनुहुन्छ । उहाँहरु बस्दै आएको कोठामा मृत फेला परेको र श्वरीका श्रीमान् भने फरार रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता रेग्मीले भन्नुभयो, ‘‘मृतक महिलाका श्रीमान् फरार भएकाले हत्या भएको हुन सक्ने देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’’