• १६ भदौ २०८१, आइतबार

सन्दीपले बाहिरै बसेर मुद्दा लड्न पाउने

blog

क्रिकेटर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, फागुन १० गते । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन् । काठमाडौं जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गर्न बिहीबार उच्च अदालत पाटनले माग बमोजिम लामिछानेलाई थुनाबाहिरै बसेर पुनरावेदनको सुविधा दिइएको हो। 

सन्दीपको माग अनुसार पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीबाट भएको आदेशमा थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा दिइएको हो । बिहीबार उच्च अदालतमा सन्दीपले पुनरावेदन दर्ता भएसँगै अब तारिखमा बस्न पाउने उच्च अदालत पाटनका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । जिल्ला अदालतले तोकेको २० लाख रुपियाँ धरौटी वापतको रकम कटौती हुनेगरी उनले तारिखमा बस्न पाउने भएका हुन्। 

जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई २५ पुसमा ५ वर्ष कैद तीन लाख रुपियाँ जरिवाना र १२ हजार रुपियाँ पीडित राहत कोषमा बुझाउनुपर्ने तथा पीडितलाई क्षतिपूर्तिबापत दुई लाख रुपियाँ भराइदिने फैसला भएको थियो। बिहीबार सन्दीप जिल्लाको फैसला पुनरावेदनका लागि लामिछाने उच्च अदालत गएका हुन्। 

अघिल्लो वर्ष भदौ ५ गते सन्दीपले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेका थिए लामिछानेविरुद्ध एक किशोरीले जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो।  प्रहरीले भदौ २२ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो। भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।