रातको समयमा चोरी गर्ने तीन जना पक्राउ
रातको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली नागरिकलाई भारतीय कागजात बनाइदिने तीन जना पक्राउ
काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ गते सुनुवाइ हुने
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।
न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न पाण्डे पक्राउ
नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई सात केजी सुनसहित पक्राउ गरेको छ ।
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
अवैध सुन कारोबारमा संलग्न पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
उपभोक्तामाथि लुट मच्चाउँदै पानी व्यापारी, प्रशासन मौन
कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ठगी गर्ने गरेको हो ।
प्रेम बिहे हत्याकाण्ड : २४ जनालाई जन्मकैद फैसला
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ ।
श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
‘एनसेल बिक्री प्रकरण: विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’
अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
लागूपदार्थ दुर्व्यसन रोक्न प्रहरीको ‘नवप्रवर्तनीय’अभियान
नेपाल प्रहरीले मधेस प्रदेशमा लागूपदार्थ दुर्व्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागूपदार्थको दुर्व्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेजकार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय जनकपुरधामले जनाएको हो ।
जेठाजुको कुटाइबाट बुहारी गम्भीर घाइते
दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएका छन् । नौगाड गाउँपालिका–१ कसाड बस्ने ३० वर्षीया बसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको हो ।
सुनचाँदी नगदसहित भारतीय नागरिक पक्राउ
इलाका प्रहरी कार्यालय बनेपाले बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार राती भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका( ७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो ।
डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ
अमेरिकी डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोर्चुगल पठाउने भनी साढे सात लाख ठगी गर्ने पक्राउ
पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीलाई घुस दिन खोज्ने एक पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके पक्राउ
अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई लाख नगदसहित आठ तोला सुन चोरी
धनगढी उपमहानगरपालिका–४ तारानगरको एक घरबाट सुनका गरगहना ८ तोला, दुई लाख नगद, २ तोला चाँदीका गहना चोरी भएको छ ।
लैङ्गिक हिंसा आँकडा : मधेशमा धेरै, गण्डकीमा कम
आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज तीन महिनासम्म महिला तथा लैङ्गिक हिंसासम्बन्धी देशभर ६,०३९ वटा उजुरी प्रहरीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा १,७९१ र सबैभन्दा कम गण्डकीमा २८२ हिंसाका घटना दर्ता भएका छन् ।
इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु
हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो ।
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनलाइन मार्फत यौन व्यवसाय चलाउने गिरोहका नाइकेहरू पक्राउ
काठमाडौँका विभिन्न स्थानमा रहेर अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्दै आएका गिरोहका नाइकेहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
वडाध्यक्षलाई घरमै थुनेर आग्जनी
धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा अज्ञात पक्षले शनिबार राती आगजनी गरेको छ ।