‘यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्छ’
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित कार्यक्रमका वक्ताहरूले यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा आयोजित अभिमुखीकरणमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सञ्चारकर्मी बबिता बस्नेतले सो कुरा बताउनुभयो ।
चरेस बनाउने उद्योगमा प्रहरीको छापा
अवैध रूपमा गाजाबाट चरेस बनाउने उद्योग सञ्चालन गरेर गाँजाको धुलो बनाउने उद्योग सञ्चालन गरेपछि जिल्लाको खप्तडछान्ना–७ गोर्खालीबाट ९१ केजी लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुवाको हत्या गर्ने छोरा पक्राउ
झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार रोल्पा गङ्गादेव गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु
नेपालगन्जमा ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । आइतबार बेलुका नेपालगन्जको धम्बोझी चोक नजिक ट्याङ्करको ठक्करबाट १७ वर्षीया एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
युवतीको शव फेला
पर्वतको जलजला गाउँपालिका–३, स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ ।
अनलाइनमार्फत ठगी कार्यमा सङ्लन्न एक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपियाँ ठगी गर्ने २७ वर्षीय सुजता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मानवबेचबिखन कसुरमा दुई पक्राउ
सप्तरीको राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसबाट मानवबेचबिखन तथा ओसारपसार कसुरमा दुई जना पक्राउ परेका छन् ।
चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटना
जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन् ।
मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान
मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारु छन् ।
सप्तरीमा अवैध गाँजा बरामद
सप्तरीको राजगढ गाउँपालिका ६ बाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
गोली लागेको शव फेला
इलामको फाकफोकथुम गाउँपालिका– ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मेला हेर्न गएका युवकको कुटपिटबाट मृत्यु
जाजरकोटमा एक युवाको मृत्यु भएको छ । कुशे गाउँपालिका–२ का ३१ वर्षीय जनक शाहीको मृत्यु भएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।
पोर्चुगलमा नेपालीको छुरा प्रहार गरी हत्या
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुस्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।
एकै घरका तीनजनाको तीन चितामा दाहसंस्कार
जिल्लाको धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरागरी बस्दै आएका एकै परिवारका तीनजनाको शव आज तीन चिता बनाई दाहसंस्कार गरिएको छ ।
रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
बञ्चरो प्रहारबाट एक जनाको हत्या
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा बञ्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ वर्षीया अमृता बुढाको हत्या भएकोे प्रहरीले जनाएको छ ।
वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध आफू जिवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ ।
तीनकुने पुगेका व्यवसायी प्रसाईंका समर्थक पक्राउ
व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
दिल्ली बसेर नेपालमा अनलाइन ठगीधन्दा
अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो ।
शिक्षक र अहेवविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।
श्रीमानले गरे श्रीमतीको हत्या
झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमानले बुधवार राति श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।