• १३ असोज २०८१, आइतबार

सन्दीप लामिछानेको सजाय आज तोकिँदै

blog

काठमाडौँ, पुस २५ गते । बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्राेतले जनाएकाे हो । 

यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दाेषी ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।