थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !
प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पु¥याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
बैङ्किङ कसुर मुद्दाका फरार दुई जना पक्राउ
बैङ्किङ कसुर मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानीनोक्सानी तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अनलाइनमार्फत दश लाख बढी ठगी गर्ने दुई पक्राउ
प्रहरीले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममार्फत रकम ठगी गर्ने कार्यमा सङ्लन्न दुई जनालाई पक्राउ गरेको छ ।
दुबई पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने पक्राउ
दुबईमा वैदेशिक रोजगारीमा पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ पक्राउ परेका छन् ।
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ ।
छोराले गरे आमालाई घरनिकाला, श्रीमानको काजकिरियासमेत घरबाहिर नै गर्न बाध्य
गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउनेपानीमा छोराहरूले आमालाई घरनिकाला गरेका छन् । यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गर्नुभएको छ ।
सवारी दुर्घटनामा दुई युवतीको मृत्यु
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल हुनुहुन्छ ।
दुई केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकपोष्ट रसुवाबाट काठमाडौं तर्फ आउँदै बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीमा यसअघि फेला परेको दुई किलोग्राम सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अनुसन्धान विभागका अधिकृतविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।
एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ
मकवानपुरमा रु. एक करोड फिरौती मागेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो ।
पेस्तोल र गोलीसहित पक्राउ परेका तीन जना सार्वजनिक
मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ परेको तीन जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कार्यालय परिसरमा शनिबार हतियारसहित पक्राउ परेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वर्ष ३३ का निश्चल पौडेल, वर्ष ३५ को गणेश घले र वर्ष ३० को प्रितम क्षेत्रीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने खाँ पक्राउ
बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा फहद खाँलाई पक्राउ गरेको छ ।
नवलपुरमा मिटरब्याज पीडित र पीडकको जुहारी
गोरखापत्रले गत भदौ १४ गते जिल्लामा मिटरब्याजीको पोल खोलिदिएपछि अहिले यो व्यापक चर्चाको विषय हुन पुगेको छ ।
पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट
सर्लाही प्रहरीले लालबन्दी नगरपालिका-१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।
ठगी मुद्दामा जनप्रतिनिधिसहित चार पक्राउ
पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।
दुई केजी सुनसहित तीन जना पक्राउ
प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
माल्टा पठाउने भनी सात लाख बढी ठगी गर्ने पक्राउ
माल्टामा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख पाँच हजार रुपियाँ ठगी गरी सम्पर्किबिहीन रहेका ३३ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
१४ किलो सुन छानबिन गर्न ६ सदस्यीय समिति गठन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
बाहिर आउँदैनन् पुरुष हिंसाका तथ्याङ्क
घरपरिवार वा समाजमा पुरुषमाथि हुने हिंसाको यकिन तथ्याङ्क बाहिर आएको पाइँदैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ
बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।