कुचोको डाँठले हिर्काउँदा बुबाको मृत्यु, छोरा पक्राउ
बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् । कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।
खाद्य संस्थानको कोठाभित्र शव फेला
हेटौँडा–२, चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ ।
टिकट चोरीको घटनामा थप एक जना पक्राउ
जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
गुल्मीमा चोरीका घटना बढ्दो तर पक्राउ पर्दैनन् चोर
गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सर्बिया जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख रुपियाँ हुन्छ भनी प्रलोभनमा पारी बारा जितपुरसिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय दिपेश बास्कोटाले बल बहादुर थापासँग पटकपटक गरी सो रकम लिई सम्पर्कविहीन रहेका थिए ।
बालविकासका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ
बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियाेगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
गैँडा मार्न बिस दिनको योजना, निकुञ्जमै मचान बनाएर सबै बन्दोबस्त
पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्ज भित्र खाडल खनेर दुई वटा गैँडा मार्नकालागि सिकारीलाई दश दिन लागेको अनुसन्धानबाट खुलेको छ । गत कात्तिक ३० गते मृत अवस्थामा भेटिएका दुवै पोथी गैँडालाई मार्न सिकारीहरू खाडल खनेर खानपिन सहितको बन्दोवस्तीका साथ निकुञ्ज भित्रै बसेका थिए ।
खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने
उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
गैँडा मारेको अभियोगमा आठ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्ममेलनको आयोजना गरी जानकारी गराएको हो ।
महोत्तरीमा आठ लाख मूल्य बराबरका सामान बरामद
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट लाखौँ मूल्यका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
गैँडाको खागसहित आठ जना पक्राउ
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।
सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ
दयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवम् प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा फरार दुई पक्राउ
लागूऔषध (ब्राउन सुगर) हिरोइन मुद्दामा फरार दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
हत्या गरेको आरोपमा १४ पक्राउ
विवाहमा गएको एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
कुटपिटबाट युवकको मृत्यु, सात जना पक्राउ
घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मङ्गलबार राति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने एक पक्राउ
प्रहरीले अनलाइन ग्याम्बलिङ तथा अनलाइन क्यासिनो खेल खेलाउने काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका – ७ का २६ वर्षीय आकाश रेग्मीलाई पक्राउ गरेको छ ।
अमेरिका पठाउने भनी १५ लाख ठगी गर्ने दुई जना पक्राउ
अमेरिकामा वैदेशिक रोजगारी लगाइदिने प्रलोभनमा १५ लाख रुपियाँ ठगी गर्ने काठमाडौँका विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
कटुवा पेस्तोल र बुलेट बरामद
मकवानपुरको राक्सिराङ गाउँपालिका १ स्थित दुङ्गुखोलाबाट प्रहरीले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ। अपरिचित व्यक्तिले स्थानीयको पसल अगाडि एक थान कटुवा पेस्तोल र दुई थान बुलेट फालेर भागेकोको अवस्थामा प्रहरीले बरामद गरेको हो।
अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
अविनाश चौधरीधनगढी, मङ्सिर १२ गते। अभद्र व्यवहार गरेको आरोपमा कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१ का शेख मुनिर अहमदलाई पक्राउ गरेको छ। वडा नम्बर ७ का ५२ वर्षीय भोजराज विश्वकर्माले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै अहमदविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।पक्राउ परेका अहमदविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्यादथप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। अहमदलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनीबाट अन्य व्यक्तिसमेत विभिन्न किसिमबाट पीडित भएको भन्ने जानकारी आएकाले शेख मुनिर अहमदको नाममा कुनै जाहेरी/उजुरी भए सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सम्बन्धितलाई आग्रह गरेको छ।
सांसद महराको धनमाल चोरी
काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रिय सभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।
राइफलसहित दुई युवा पक्राउ
सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।
करणी गरी हत्या गर्ने खाँ पुर्पक्षका लागि जेल चलान
किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस् खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।