• १३ असोज २०८१, आइतबार

हत्या आरोपमा श्रीमान पक्राउ

blog

प्रेमराज सिम्खडा

कालीकोट, माघ २४ गते । कालीकोटको पलाँता गाउँपालिका –८ का एक पुरुष श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । श्रीमतीको निधन भएको भनिएको सात दिनपछि उनी पक्राउ परेका हुन् । 

श्रीमती माइतीघर गएको खवर गरेका राजेन्द्र रोकायाले माघ १७ गते राति हत्या गरेर शवलाई भिरमा खसालेको आंशकामा प्रहरीले उनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाका अनुसार रोकायाले श्रीमती माइत गएको गाउँका साथीभाइलाई खबर गरेका थिए । 

तीनदेखि चार दिनपछि माइतीमा गए–नगएको खबर गर्दा माइती पक्षले नआएको खबर सुनाएपछि श्रीमान राजेन्द्र रोकायाप्रति शंका गरिएको थियो । पछि खोज्दैजाँदा वडा ८ को देउगैडा भन्ने भिरमा रोकायाको २९ वर्षीया उर्मिला रोकायाको शव भेटिएको थियो । 

अनसन्धानको क्रममा उहाँको भिरबाट लडेर नभई उनकै श्रीमान रोकायाले कुटपिट गरी हत्या गरेको र पछि डोकोमा हाली भिरबाट लडाएको पाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । पक्राउपछि रोकायालाई आज जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।