• ७ जेठ २०८१, सोमबार

माल्टा पठाउने भनी छ लाखभन्दा बढी ठगी गर्ने पक्राउ

blog

काठमाडौं, माघ १७ गते । प्रहरीले माल्टा पठाउने भनी छ लाख १८ हजार रुपियाँ ठगी गर्ने ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं= १ सुन्दरबस्ती बस्ने गुरुङले माल्टा जान आठ लाख रुपियाँ लाग्ने र त्यहाँको एक प्रतिष्ठित होटलमा मासिक तलब एक लाख २० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

पीडितबाट पटक-पटक गरी छ लाख १८ हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।