• १३ असोज २०८१, आइतबार

विशेष अदालतको फैसला

इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

blog

इच्छाराज तामाङ

काठमाडौँ, माघ २१ गते । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७३ करोड बढी जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । 

त्यसैगरी अदालतले तामाङ पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड बिगो  तोकेको छ । सँगै अदालतले इच्छाराजका मामा ससुरा केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड बिगो त्यत्ति नै बराबरको जरिवाना तोकेको छ । 

अदालतले दोषी ठहर भएका सबैको सम्पत्ति जफत गर्न आदेशसमेत दिएको छ । 

यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी

इच्छाराजविरुद्ध चार अर्ब ७० करोडको मुद्दा