‘तयारी पोसाक निर्यातका विषयमा सरकार गम्भीर छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोसाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
सित्ताके च्याऊ खेती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् ।
घट्यो पेट्रोलियम पदार्थको खपत
बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो । इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ । नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्याङ्क छ ।
‘अर्थतन्त्र सङ्कटोन्मुख छैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सङ्कटोन्मुख छैन, चलायमान पनि हुन नसकेको बताउनुभएको हो । “अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन,” प्रधानमन्त्रीले भन्नुभयो, “अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको छ ।” मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्नका लागि सरकारले प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको धारणा राख्नुुभयो ।
एडिबीले नेपाललाई सहयोग बढाउने
दातृ संस्था एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलिसिमा रहेका अर्थसचिव मधुकुमार मरासिनीसँगको ‘साइड लाइन’ वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाउनुभएको हो । त्यसअघि सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेकाले त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गर्नुभएको थियो । सो क्रममा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताउनुभएको हो ।
पाउरोटी उद्योगलाई २० हजार जरिवाना
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानहरूमा बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले पछिल्लो समयमा सहरीमात्र नभएर जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बजारहरूलाई पनि निरन्तर अनुगमन गर्दै आएको छ ।
भोजपुर–विराटनगर हवाई उडान ६ वर्षपछि पुनः सुचारु
भोजपुर–विराटनगर हवाई उडान सेवा ६ वर्षपछि पुनः सुचारु भएको छ । वि.स २०७४ बाट प्राविधिकलगायत विभिन्न कारणले बन्द रहेको उडान हाल उक्त समस्याहरू समाधान भएसँगै पुनः उडान सुचारु भएको हो ।
एक सयको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय
सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो ।
सुनको मूल्य घट्यो
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।
आपूर्ति व्यवस्थापनका लागि सक्रिय कोष सञ्चालनको तयारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सक्रिय कोष ल्याउने तयारी गरेको छ । केही महिनादेखि भारतले चिनी र चामलमा रोक लगाएसँगै नेपाली बजारमा चोरीबाट ती वस्तु आउन थालेपछि सक्रिय कोषमार्फत आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको हो । कोषमा दुई अर्ब रुपियाँ रहने र सोही कोषमार्फत अत्यावश्यक वस्तुको आपूर्ति गरिने तयारी भइरहेको छ । मन्त्रालय आपूर्ति महाशाखा प्रमुख एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले चामल र चिनीको आपूर्ति व्यवस्थापनलाई सहज गराउन सक्रिय कोष स्थापना गर्ने तयारी गरेको जानकारी दिनुभयो । कोषमा दुई अर्ब रुपियाँ रहने र सोही कोषमार्फत अत्यावश्यक वस्तुको आपूर्ति गरिने उहाँले जानकारी दिनुभयो ।
सुनको मूल्य तोलामा दुई हजारले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।
२७ सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो ।
एमआइसिसिआइए र उद्योग वाणिज्य सङ्घबिच सहकार्य
तेस्रो लगानी सम्पन्नपछि नेपालस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ‘पोस्ट इन्भेस्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एमआइसिसिआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुनलगायतको विषयमा छलफल भएको थियो ।
नेपाली निर्यातकर्तालाई सहजीकरण गरिदिन चीनलाई आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली निर्यातकर्तालाई चीनको भन्सार र क्वारेन्टाइन प्रक्रिया सहजीकरण गर्न आग्रह गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबिच मङ्गलबार भएको भेटमा उद्योगमन्त्री भण्डारीले सो आग्रह गर्नुभएको हो ।
‘श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन’
‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज (बुधबार) नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको गुनासो भइरहेका छन् ।
नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबिच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।
रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ ।
लगानी सम्मेलनमा भएको प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित
दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।
दुई देशको मेला व्यापार प्रवर्धन गर्ने औजार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले व्यापार मेला दुई देशबिच व्यापार प्रवर्धन गर्ने औजारका रूपमा रहने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको १७ औँ नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतबिचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार हुँदै जाने बताउनुभएको हो ।
सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चार मन्त्रीको आह्वान
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ ।
ठुला आयोजना अगाडि बढाउँदै छौँ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठुला क्षमताका जलविद्युत आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गर्छौ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने विश्वास व्यक्त गर्नुभएको छ ।
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।
मुलुकको आवश्यकताअनुसार १६ औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६ औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताउनुभएको छ ।