आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु तथा घरेलु उद्योग : उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ ।
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।
शिवम् सिमेन्टद्वारा कोइलाको सट्टा प्लास्टिक प्रयोग गर्दा जनस्वास्थ्यमा असर
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनका लागि कोइलाको सट्टा प्लास्टिक जन्य वस्तु चाउचाउ, चक्लेट आदिको खोल इन्धनको रुपमा प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको छ ।
घट्यो चिया निर्यात
‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ मूल नाराका साथ राष्ट्रिय चिया तथा कफि विकास बोर्डले २७ औँ राष्ट्रिय चिया दिवस मनाउने भएको छ । चिया, कफीको प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालले चिया निर्यात गर्छ । पछिल्लो समय २.१९ प्रतिशतले निर्यात घटेको छ ।
चिया निर्यातमा भारतीय अवरोध हट्यो
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।
धनकुटाको कोसेली नरिवल बिस्कुट
के तपाई धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीकोरुपमा लैजान पनि सक्नुहुन्छ ।
जलस्राेतको महत्त्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक : मन्त्री बस्नेत
चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । बुधबारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभयो ।
घट्न थाल्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य घट्न थालेको छ । लामो समयदेखि बढ्दै निरन्तर बढ्दै गएको सुनको मूल्य यो सातादेखि घट्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा दुई हजार सात सय रुपियाँले घटेर एक लाख ३५ हजार पाँच सय रुपियाँमा झरेको छ ।
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ ।
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ ।
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मङ्गलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ ।
‘इच्छा सूची’ होइन, व्यावहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी
नेपाल विद्युत् प्राधिकरणले एक हजार ६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी गरेको छ । जलविद्युत् आयोजनाको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ ।
स्टार्टअप उद्यम कर्जाका लागि ३९४ परियोजना छनोट
स्टार्टअप उद्यम कर्जाका लागि पहिलो चरणमा ३९४ परियोजना छनोटमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पहिलो चरणमा ३९४ परियोजना छनोट गरेको हो । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० बमोजिम प्रतिष्ठानले गत माघ १९ गते प्रस्ताव आह्वान गरेका प्रस्तावमध्ये योग्य प्रस्तावको सूचीमा परेको परियोजनाको नाम सार्वजनिक गरिएको हो । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका थिए । मूल्याङ्कन समितिले अध्ययनबाट गरेर ३९४ परियोजना छनोटमा परेका हुन् । पहिलो चरणमा परेका प्रस्तावकले व्यावसायिक प्रस्तावको पेस गर्नुपर्ने छ । प्रस्तावकले व्यापारिक प्रस्तुतीकरण गर्दा संलग्नबमोजिम ढाँचामा केन्द्रित भई प्रस्तुतीकरण गर्नुपर्ने छ ।
नौ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने साढे पाँच लाख
चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी
नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।
नेपाल ओरियन्ड म्याग्नेसाइट पुनः सञ्चालनमा अस्ट्रियाली लगानी कर्ताले चासो
दोलखको भीमेश्वर नगरपालिका–९ स्थित खरिढुङगामा सञ्चालनमा आएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनःसञ्चालनमा अस्ट्रियाली लगानी कर्ताले चासो देखाएको छ ।
त्रियासी अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ । कोषका अनुसार योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ८३ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ती अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ ।
अर्थतन्त्र सुस्ताउँदा आयातनिर्यात दुवै घट्यो
चालु आर्थिक वर्षको नौ महिना (साउन–चैतसम्म) मा नेपालको आयातनिर्यात दुवै खस्किएको छ । मुलुकमा आर्थिक क्रियाकलाप सुस्ताउँदा त्यसको असर आयात निर्यात दुवैमा परेको देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात ३.६६ प्रतिशतले घटेको छ । विभागका अनुसार चैतसम्म नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा गरेको १२ खर्ब एक अर्ब ५० करोडको तुलनामा २.८४ प्रतिशतले कमी हो ।
न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछः मन्त्री तामाङ
संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने बताउनुभएको छ । आइतबार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।
विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाइँदै
भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो ।
लगानी सम्मेलन राष्ट्रिय उत्सव हो : लगानी बोर्डका सीइओ भट्ट
लगानी सम्मेलनमा ‘सोकेस’मा लगिने आयोजनालाई कसले अध्ययन गरेको, सर्वेक्षणलगायत पूर्वतयारीका काम गरेको, कसले कार्यान्वयन गर्ने योग्य बनाएको भन्ने सन्दर्भलाई स्पष्ट पार्न आवश्यक छ ।
तथ्याङ्क सङ्कलनमा अनुमति अनिवार्य
राष्ट्रियस्तरको प्रतिनिधित्व हुने गरी तथ्याङ्क सङ्कलन गर्न चाहने जोकोहीले राष्ट्रिय तथ्याङ्क कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । राजपत्रमा हालै प्रकाशित तथ्याङ्क नियमावली, २०८० ले त्यस किसिमको तथ्याङ्क सङ्कलन गर्न चाहने सरकारी निकाय, विदेशी संस्था वा जोसुकै व्यक्तिका लागि यस्तो अनुमति अनिवार्य गरेको हो । नियमावली अनुसार तथ्याङ्क सङ्कलनको अनुमति लिन सम्बन्धित निकाय वा संस्थाको निर्णयको प्रतिलिपि, तथ्याङ्क सङ्कलनको अनुमानित लागतसहितको अवधारणापत्र पेस गर्नुपर्नेछ । त्यससँगै तथ्याङ्क सङ्कलनका लागि तयार गरिएको प्रश्नावली, सरकारी निकाय र सार्वजनिक संस्थाबाहेकका अन्य संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र, तथ्याङ्क सङ्कलनका वित्तीय स्रोत उपलब्ध रहेको विवरण पनि संलग्न गर्नुपर्ने छ ।
मह उत्पादनमा कमी हुँदै
यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, सिकारी चराको प्रकोप र रोगव्याधीका कारण मह उत्पादन अनपेक्षित रुपले घटेको हो ।