काठमाडौँ, भदौ ३० गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु. पाँच सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य तोलामा रु. ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार नौ सय निर्धारण भएको छ । रासस