अमेरिकी राष्ट्रपतिको मतदान सुरु : मैदानमा ह्यारिस र ट्रम्प
अमेरिकी निर्वाचनमा महिलाहरुको भूमिका पनि बढ्दो छ । करिब ५३ प्रतिशत महिला मतदाता रहेको परिप्रेक्ष्यमा महिलाहरुले धेरै विश्वास गरेर मतदान गरे भने कमला ह्यारिसको पोल्टामा निर्वाचन जाने निश्चित प्रायः छ । उता करिब ४० प्रतिशत श्वेत मतदाता रहेको यस पटकको निर्वाचनले २०१६ मा जस्तै ट्रम्पलाई सेतो घरको साँचो सुम्पिने पो हो कि भन्ने अनुमान पनि अर्कोतिर छ ।
काठमाडौँमा छठको रौनक सुरु, सिँगारिँदै गौरीघाट, कमलपोखरी
काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो ।
रवि लामिछानेसहित चार जना थप १० दिन हिरासतमा
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो ।
छठ पर्व : समाज चिनाउने खुला सङ्ग्रहालय
छठ मातालाई चढाउने फलफूल जुठो हुनु हुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई मधेशको सहर बजारमा यस्ता लोकगीतको सुमधुर स्वर गुञ्जिएको सुनिन्छ । चार दिवसीय छठ पर्वको कात्तिक २० गतेदेखि विधिवत् शुभारम्भ हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।
लामिछाने र जोशीलाई म्याद थपका लागि अदालत लगिँदै
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरू काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराउन लागिएको हो ।
पोखरीमा कारसहित डुबेका महतो र ठाकुरको शव निकालियो
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।
पाकेको धान पानीले नष्ट, किसानको पीडा न धान न पराल
काटेर खेतमै सुकाएको धानको पाँजा रुझेपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । सोमबार अपराह्न परेको बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्याएको हो । वर्षाले भित्र्याउन ठिक्क परेको धानको पाँजा रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारी दिएको छ ।
जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा
जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले औँल्याएका छन् ।
‘डेंगुका बिरामीले जथाभाबी एन्टिबायोटिक तथा पेनकिलर नखानु’
नेपालमा केही वर्षदेखि डेंगु सङ्क्रमितको सङ्ख्या र यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ । पहिलो पटक नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सबैभन्दा बढी सन् २०२२ मा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।
भाइटीका लगाएसँगै सकियो तिहार
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आइतबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरूबाट टीका ग्रहण
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो ।
तिहार नेपालीहरुको महिमापूर्ण पर्व : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताउनुभएको छ । भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभएको हो ।
रानीपोखरीमा भाइटीका लगाउन सुरु (फोटो फिचर)
काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका सुरु भएको छ ।
यस्ता छन् भाइ मसलाका फाइदा
दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो तिहार । तिहारमा सेलरोटी विभिन्न प्रकारका रोटी र मिठाइका लागि प्रचलित छ ।
धुमधाम मनाइयो नेपाल संवत् ११४५ (फोटो फिचर)
नेपाल संवत् ११४५ को उपलक्ष्यमा वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्यालीको आयोजना गरी मनाइएको छ ।
सांस्कृतिक पर्व भाँड्नेखालका क्रियाकलाप हुनुहुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्नेखालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘मुलुकमा समाजवाद ल्याउने हाम्रो साझा सपना छ’
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सल्यान क्षेत्र नं. १ का सांसद प्रकाश ज्वालाको राजनीतिक जीवन संघर्षशील छ । २०२३ मंसिर १२ गते सल्यानको कुपिण्डे –१, बनगाडमा जन्मनुभएका ज्वाला विद्रोही स्वभावको हुनुहुन्छ ।
पशुपतिको गौशालामा गाई पूजा (फोटो फिचर )
नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले पशुपतिको गौशालामा गई गाईको पूजाआजा गर्ने गर्दछ ।
नेपाल संवत् नेपाली माटोको संवत् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालसँग अस्ट्रेलिया स्तब्ध
हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पूल ‘बी’को अन्तिम खेलमा नेपालले शनिबार बिहान अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो ।
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहार बिदामा चन्द्रागिरि पुगेर काव्यिक भाव पोख्दै प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुभयो।