असनमा तिहारको किनमेल गर्ने सर्वसाधारणको भिड (फोटो फिचर)
यमपञ्चक अन्तर्गत बुधबार काग तिहार र बिहीबार कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइएको छ। शुक्रबार औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। शनिबार गोवर्धन पूजा, गाईगोरु पूजा, म्हपूजा र हलि तिहार परेको छ ।
लक्ष्मीपूजाको दिन विद्युतको माग उच्च, २५३ मेगावाट भारत निर्यात
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ।
झिलिमिलीको पर्व तिहार
दियो, फूल र बत्तीको झिलिमिली पर्व तिहार, जसलाई दीपावली भनिन्छ । हिन्दुको महत्त्वपूर्ण पर्व, जसले धार्मिक, सांस्कृतिक र पारिवारिक पक्षलाई एकसाथ जोड्छ ।
मनै लोभ्याउने सयपत्री फूलखेती (फोटो फिचर)
मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालको बारीमा मनै लोभ्याउने गरी गरिएको सयपत्री फूलखेती । कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएका अर्याललाई अहिले फूल बिक्री गरेर भ्याइनभ्याइ छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महिला फुटबलमा दर्शकको ‘क्रेज’
खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु दर्शकको ऊर्जामा सानो टिमले पनि ठुला टिमलाई हराएको थुप्रै उदाहरण छन् ।
दुई चक्माको गोलमा नेपाल फेरि स्तब्ध
नेपाली महिला फुटबलको इतिहासमै घरेलु मैदान दशरथ रङ्गशालामा १५ हजार चारसय संख्यामा दर्शकको सर्मथन पाएको नेपाल बुधबार भएको फाइनलमा बङ्गलादेशसँग २-१ गोलले पराजित भयो ।
प्रधानमन्त्री ओलीद्वारा नेपाली खेलाडीको प्रसंशा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल खेलको उपाधि नेपाली टोलीले जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेल खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।
सञ्चार माध्यमले सुशासनको पक्षमा भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि सञ्चार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
साफ महिला च्याम्पियनसिप फाइनल : प्याराफिटमा दर्शकको घुइँचो
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल अहिले ६ः३० बजे सुरु हुँदै छ।
राष्ट्रपतिले कात्तिक २५ देखि अजरबैजानको भ्रमण गर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जानुहुने भएको छ ।
पद्मरत्न तुलाधर जनप्रिय नेताका रूपमा स्थापित : प्रधानमन्त्री
नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनः बहालीका लागि अनवरत योगदान पुर्याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।
फाइनल खेल हेर्न टिकट काट्नेको भिड (फोटो फिचर)
साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बङ्गलादेशबिच हुने फाइनल खेल हेर्न टिकट काट्नेको बुधबार बिहानदेखि भिड लागेको छ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बङ्गलादेशबिच दशरथ रंगशालामा आज साँझ ६ः३० बजे फाइनल हुँदैछ ।
नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने तयारी
निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ ।
काठमाडौँमा तिहारमा कुचोको माग धेरै, १० करोड व्यापार लक्ष्य
तिहारमा फूल माला र पालासँगै कुचाको माग पनि अत्यधिक हुने गर्दछ । नेपालका मुख्य सहरहरूमा कुचोको माग यति बेला अत्यधिक नै हुन्छ । कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइ मसला, माटोको पाला, फूल माला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन् । कुचोमा पनि झाडु र अम्रिसोको कुचो हुन्छ । अम्रिसोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो सङ्घका अध्यक्ष राजकुमार कार्की बताउनु हुन्छ । यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौँमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आउनुभएका अध्यक्ष कार्कीले कुचोको व्यापार सुरु गर्नुभएको २०४९ सालदेखि नै हो । इलाममा आफ्नो पुर्ख्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उहाँलाई छ । त्यसैले उहाँले पनि पुर्ख्यौली पेसा २०४९ सालदेखि गर्दै आउनुभयो । काठमाडौँमा आएर व्यापार सुरु गरेको भने उहाँले १४ वर्ष करिब पुग्यो ।
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
नेपाललाई इतिहास रच्ने मौका
नेपाललाई साफ महिला फुटबलको उपाधिले सधैँ लोभ्याइरहेको छ । अहिलेसम्म भएका छ संस्करणमध्ये नेपालले पाँचमा फाइनल खेलिसकेको छ ।
सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी
सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ ।
छ हजारका आँखामा झल्कियो खुसी
ललितपुरकी सीता न्यौपानेले झन्डै एक दशकको सङ्घर्षपछि सहकारीमा बचत गरेको आफ्नो पैसा फिर्ता पाउनुभएको छ ।
हामी सक्छौँ, हामी जित्छौँ
यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ ।
आज धनतेरसः सुनचाँदी किन्नेको भिड (फोटो फिचर)
आज कात्तिक द्वादशी अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलामलगायत धातुका नयाँ भाँडाकुँडा किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ ।
समयमै डेंगुको उपचार गराए जोखिम र मृत्युदर कम हुन्छ
पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्लाबाहेक ७६ जिल्लाबाट २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ११ जनाको मृत्यु भएको छ ।