समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा
सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्। सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ।
न काम, न त कार्यविधि नै
मुलुकको पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको तीन वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन। कम्पनीलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने न नियमावली अहिलेसम्म बनाइएको छ न कार्यविधि नै। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत रहनेगरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड नामको कम्पनी २०६६ साउनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन गर्ने घोषणा गरेको थियो।
‘उचित परामर्शले आत्महत्या रोक्न सकिन्छ’
नेपालमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।
पाँचको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर परिचालन
दार्चुलामा शुक्रबार रातिको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् । घाइतेको उद्धारमा हेलिकप्टर परिचालन गरिएको छ ।
साताका सात तस्बिर
जलमग्न माइतीघर मण्डलामा कष्टपूर्ण ढङ्गले बाटो काट्दै पैदलयात्रु र पानीमा फसेका सवारी साधन।
दशैं नजिकिएसँगै फस्टाउँदै सीमापारीका बजार
दशैं नजिकिंदै गर्दा स्थानीयहरु सीमापारी सुनौली बजारमा सामग्री किनमेलका लागि जानेक्रम बढेको छ । नेपाली बजार महंगो भन्दै सस्तो पाइने आशमा स्थानीयहरु सीमापारी जानेगरेका छन् ।
बजार अनुगमनलाई तीव्रता दिइने
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।
मन परेका तस्बिर
काठमाडौं, भदौ २५ गते । रात्रिकालीन लेकसाइडको झिलिमिली : पोखरास्थित लेकसाइडको शुक्रबार साँझ देखिएको झिलिमिली दृश्य ।पर्वत र बागलुङ जोड्ने बन्जी पुल : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल । यसको लम्बाई ५२५ मिटर र उचाइ कालीगण्डकी नदीबाट २२८ मिटर रहेको छ । बुलबुल ताल : कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुले ताल । मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै । अहिले तालको एकतर्फ मात्र पानी जमेको छ । तालभरि पानी नजम्दा तालको सौन्दर्यता खोसिएको जस्तो देखिएको छ । सिम्ले गाउँ : बागलुङ जिल्ला सदरमुकाम नजिक रहेको सिम्ले गाउँ । बागलुङ–सिगाना, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने मोटरबाटोले बीच भागबाटै चिरेर गएपछि यहाँ विकासको ढोका खुलेको छ ।भोटेचौर बजार : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा रहेको भोटेचौर बजार । यहाँबाट दोर्जेलाक्पा र जुगल हिमाल देख्न सकिन्छ । ढ्याङ्ग्रोमा फलाक्दै झाँक्री : न्वागी पर्वको दिन मध्यरातमा एकपाखे ढ्याङ्ग्रोमा फलाक्दै धादिङ वेनिघाट रोराङ–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङ । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायत कन्दमूल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पूजा गर्ने चलन छ ।स्याडा गाउँ : हरियालीले ढपक्क ढाकेको हुम्लाको सिमकोट गाउँपालिका–८ रहेको स्याडा गाउँ । शिविरमा आँखा परीक्षण : नार्पा भूमि गाउँपालिकामा इन्द्रदल गुल्म मनाङद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण गराउँदै वृद्धा । ग्रामीण सडकको दुरावस्था : सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन रोकिने तथा फस्ने गरेका छन् । इन्द्रजात्रामा कैद गरिएका तस्बिरहरु ।तस्बिरः मनोजरत्न शाही र रासस
दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, ६ बेपत्ता, दर्जनौँ घर बगे, हेलिकप्टरबाट उद्धारको प्रयास
दार्चुला, भदौ २५ गते । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र एक नाबालिका गरी दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका –१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु भएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ ।मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको छ । यस्तै नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता छन् । पहिरोले सल्ला गाउँका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । महाकाली नगरपालिकाको डुङ्ग्रीमा एकै परिवारका धनसिंह कार्की, मानमती कार्की, दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् । खोजी कार्य भइरहेको स्थानीय उदय बोहराले बताउनुभयो ।यता, दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घर बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । बाढी पहिरोमा परी ६ जना बेपत्ता भएको उहाँले बताउनुभयो । उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरू बगेको स्थानीयले बताएका छन् । खलङ्गास्थित दशरथ नगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुङ्गे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला टिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङ गरी राखिएका चार वटा जिपहरू महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ । बाढीले घर भत्काउने क्रम जारी रहेको हुँदा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गर्नुभयो । नदी तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखि नै घरबाहिर रहेका छन् । दार्चुलामा बर्सेनि बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षति पुर्याउँदै आएको छ ।घाइतेहरूको उद्धार हेलिकोप्टरमार्फत गर्न प्रयास भइरहेको छ । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बाढी पहिरो प्रभावित क्षेत्रमै पुगेर उद्धारको पहल गरिरहनुभएको छ भने दार्चुला घर भएका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाणलाई भेटर उद्धार कार्यका लागि अनुरोध गर्नुभएको छ । उद्धारका लागि पहल भइरहेको सङ्घ, प्रदेश र स्थानीय स्तरका नेताहरूले प्रतिक्रिया दिएका छन् । स्थानीयहरू समेत उद्धार कार्यमा खटिएका छन् । नदी, खोलाहरूले अहिले पनि कटान गरिरहेका छन् ।
मिर्गौला प्रत्यारोपणमा हुँदैछ स्वदेशकै भर
नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएपछि नियमित रूपमा अङ्ग प्रत्यारोपण हुन थालेको हो । वीर अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण भएपछि सरकारले मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरको दूधपाटीमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ ( हाल ः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) को स्थापना ग-यो ।
लहान नगरपालिका उपप्रमुख महतो प्रहरीको नियन्त्रणमा
जर्वरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएपछि फरार रहेका लहान नगरपालिका उपप्रमुख राम चलितर महतोलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
आयातसँगै घट्यो भन्सार राजस्व
चाडपर्वमा उपभोग्य सामग्रीको माग बढी हुने गरेकाले आयात पनि धेरै हुने गरेको छ तर यस वर्षको चाडपर्व लक्षित आयात भने घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनमा कुल आयात १३ करोड १२ लाख रुपियाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १३ प्रतिशतले कम हो । आव २०७८÷७९ मा १५ करोड सात लाख रुपियाँको आयात भएको थियो । यसैगरी आव २०७८/७९ मा साउन र भदौमा ३१ करोड ४५ लाख १७ हजार रुपियाँको आयात भएको थियो । आव २०७७/७८ मा १७ करोड ८८ लाख ४६ हजार रुपियाँको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७६ प्रतिशतले वृद्धि भएको थियो । आयात घटेका कारण विभिन्न भन्सार नाकाले हालसम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् ।
दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बीचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै राती देखिनै घरबाहिर निस्किएका छन् ।
समानुपातिक मतपत्रको छपाइ आजदेखि
निर्वाचन आयोगले शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।
महारानी एलिजाबेथको त्यो भ्रमण
बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आउनुभएका बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आउनुभएको थियो । त्यसअघि उहाँ राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आउनुभएको थियो ।
वसन्तपुरमा इन्द्रजात्रा (फोटो फिचर)
शुक्रबार काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ।
गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”
भगवान् इन्द्रलाई पाता कसेर चौबाटोमा राखेपछि...
फूलका लागि भगवान् इन्द्रले पृथ्वीलोकका राजाको अनुमतिबिना पारिजात र फल सुटुक्क चार्ने प्रयास गर्नुभयो ।
नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ ।
ज्यान जोखिममा राखेर खोला वारपार गर्दै विद्यार्थी
मानेभन्ज्याङ गाउँपालिका –८ काभ्रेटारका आकेश राई सुनकोशी गाउँपालिका –३ सिस्नेरीको पञ्चकन्या माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्छन् । अर्का कमल राई सोही विद्यालयको कक्षा ८ मा पढ्छन् । उनीहरुलाई घरबाट विद्यालय पुग्न पैदल दुई घण्टाभन्दा बढी समय लाग्छ ।
वर्षामा जलमग्न माइतीघर मण्डला क्षेत्र (फोटोसहित)
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । काठमाडौंमा भारी वर्षा भएका कारण अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
रारा तालकाे गहिराइ र पानी गुणस्तर सर्वेक्षण सुरु
नेपालको सबैभन्दा ठूलो रारा (महेन्द्र) तालको गहिराइ र पानीको गुणस्तर सर्वेक्षण सुरु भएको छ । सर्वेक्षणको लागि विभिन्न संस्थालाई जिम्मेवारी समेत दिइएको छ ।
नेपालले एक महान् प्रशंसक गुमाएको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुः ख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उहाँको निधनको खबर पाउँदा आफूलाई धेरै दुः ख लागेको बताउनु भएको छ ।
‘सिजन’ पर्खाइमा पोखरा
कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन । महामारी सकिएसँगै विदेशी पर्यटक आउने क्रम बढे पनि अहिले पर्यटन क्षेत्रको ‘अफ सिजन’ले गर्दा पर्यटकको चहलपहल कम छ । केही समय भारतीय पर्यटकको आगमन भए पनि तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा सुधार आउन सकेन । यो तेस्रो मुलुकका पर्यटकका लागि ‘अफ सिजन’ हो । अहिले भारतीय पर्यटक केही आउने गर्छन् भने आन्तरिक पर्यटकले पोखराको पर्यटन क्षेत्रलाई निकै थेगेको छ ।