संविधान अनुसार चुनाव घोषणा हुनु स्वागतयोग्य : दलहरू
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णयको राजनीतिक दलका नेताहरुले स्वागत गर्नुभएको छ ।
पुँजीगत खर्च वृद्धि गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक
पुँजीगत खर्च वृद्धि गर्न संघ, प्रदेश तथा स्थानीय तहका सरकारको समन्वय आवश्यक रहेको विज्ञहरुले बताउनुभएको छ । शुक्रबार प्रोग्रेसिभ ईन्जिनियर्स एसोसियसन नेपाल (पिन) ले आयोजना गरेको ‘पुँजीगत खर्च र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताउनुभएको हो ।
निर्वाचन आयोगद्वारा राजनीतिक दल दर्ताको आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो ।
पानीको निकासले थप जोखिम हुनसक्ने
तीन दिनदेखि उदयपुरमा पसेको सप्तकोशीको पानीले निकास खोज्नेक्रममा बेलका नगरपालिका २ मा थप समस्या बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचोक, कान्तीचोक, रामनगर, नारायणचोकदेखि तल्लोबस्ती चन्द्रपुर हुँदै पुरन्दहसम्म त्यसको थप असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो ।
जापानबाट १४ अर्ब ६९ करोड ऋण प्राप्त गर्न वार्ता टोली गठन गर्ने सरकारको निर्णय
नेपाल सरकारले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करिब १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
दुई मुलुकबीचको आपसी हितका विषयमा छलफल हुने
चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणमा जाने मिति तय भएको छ ।
निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनबीच सहमति
पाँचदलीय सत्ता गठबन्धनबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
हास्यव्यङ्ग्य सामग्री गाईजात्रे
‘गाईजात्रा’लाई हास्य र व्यङ्ग्यको पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनलाई लक्षित गर्दै हाँस्य कलाकारले विभिन्न हास्य व्यङ्ग्य सामाग्री बजारमा ल्याउने गर्नुहुन्छ ।
सप्तकोसी कटानः पानीको निकासले थप जोखिम
तीनदिनदेखि उदयपुर पसेको सप्तकोशीको पानीले निकास खोज्ने क्रममा बेलका नगरपालिका वडा नंं २ मा असर बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचौक, कान्तीचौक, रामनगर, नारायणचौकदेखि तल्लोबस्ती चन्द्रपुर हुदै पुरन्दहसम्म असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो ।
पाँच वर्षमा त्रिचालीस पक्की पुल
लुम्बिनी प्रदेश सरकारले पाँच वर्षको बीचमा ४३ वटा पुल निर्माण गरेको छ। १३० वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने ८० वटा सडक पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। त्यसैगरी प्रदेश सरकारले पाँच वर्षको बीचमा लुम्बिनी प्रदेशमा १३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।
पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास
सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो ।
जापानमा रोजगारी दिने सहमति
नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।
नाम चल्यो काम चलेन
काम गर्ने बदमास भएपछि जति सुकै राम्रो उद्देश्य र नाम भए पनि कमाउने बदनाम नै हो । त्यसको पुष्टि मधेश प्रदेशमा मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान भएको छ । छोरीलाई शैक्षिक, आर्थिक, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यसाथ मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि सञ्चालन गर्दै आएको अभियानमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
सांसदहरुको पदावधि मंसिर २१ सम्म : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ ।
महाकाली पुल निर्माणको काम ९९ प्रतिशत सम्पन्न
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण भइरहेको हो ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने घोषणा
नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।
‘नेपाली रङ्गमञ्च बचाउन सयौं अशेष मल्ल जन्मिनुपर्छ’
जीवनको ५० औँ वर्ष रङ्गमञ्चमा बिताउनुभएका निर्देशक अशेष मल्ल ‘तुवाँलोले ढाकेको बस्ती’ नाटकबाट आफ्नो नाटक यात्रा सुरु गर्नुभएको हो । बाल्यकालदेखि नाटकमा रुची भएका निर्देशक मल्लको जन्म २०११ साल चैत २१ गते धनकुटामा भएको हो ।
गोसाइँकुण्ड मेला सुरु, १५ हजार तीर्थयात्री आउने अनुमान
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।
कोसी बाढी डुुबान क्षेत्र बढ्दै
उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटेमा बुधबार बाँध भत्किएर बस्ती पसेको बाढीले डुवान क्षेत्र बढ्दै गएको छ । बुधबार केही क्षेत्रलाई मात्रै प्रभावित पारेकोमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टाप्पुु भन्ने ठाउँमा समेत बाढीको पानी फैलिएको हो ।
चुनौतीपूर्ण बडिमालिका यात्रा
बाजुराको पश्चिमी क्षेत्र र अछामको चौखुट्टेलगायतका ठाउँबाट पर्यटकीय र धार्मिक क्षेत्र बडिमालिका सहितका तीन चुचुरा नजरमा पर्दा जो कोहीको मन लोभिन्छ। हिउँदका महिनामा हिउँले छोपिने बडिमालिका शृङ्खला अझ धेरै रोमाञ्चक देखिन्छन्। धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा बडिमालिकामा महादेवकी पत्नी सतिदेवीको बायाँ कुम पतन भएको चर्र्चा छ। हरेक वर्ष जनैपूर्णिमा अघि त्रयोदशी, चतुर्थदशीमा त्यहाँ लाग्ने मेला भर्न बाजुरा, अछाम, डोटी, कालीकोटबाट मात्रै होइन देशका विभिन्न ठाउँ र भारतबाट समेत तीर्थालु आउँछन् ।
जापान पठाउने प्रक्रिया अन्तिम चरणमा
जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीले छिट्टै जापान जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत उच्च सीपयुक्त श्रमिक (एसएसडब्लू) जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
पेट्रोल भण्डार निर्माण सुरु
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु भएको भएको छ । दोस्रो चरणको काममा अमलेखगञ्जमा पेट्रोल भण्डार गृह (स्टोरेज ट्याङ्क) निर्माण हुने छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)को प्राविधिक सहयोगमा भण्डार गृह निर्माण सुरु भएको निगमको अमलेखगञ्ज कार्यालयका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । यी पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको र यो निगमले नै बेहोर्ने यादवले बताउनुभयो ।
खोला पुर्न मतको राजनीति
‘यज्ञमती र चखुँचाखोलाको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउने’ योजनासहित स्थानीय तह निर्वाचन–२०७४ मा बूढानीलकण्ठ नगरपालिका प्रमुख पदका उम्मेदवार उद्धव खरेल चुनावी अभियानमा होमिनुभयो। उहाँसँगै बूढानीलकण्ठ–१० का वडाध्यक्षका उम्मेदवार नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईलाई पनि बाढीबाट आजित कपनवासीलाई लोभ्याउने ‘राम्रो’ योजना यही बन्यो।
बचत र ऋणमा ब्याज बढ्ने
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने गरी एकीकृत निर्देशन २०७८ संशोधन तथा परिमार्जन गरेको छ । बुधबार गरिएको निर्देशनको संशोधन तथा परिमार्जनबाट बैङ्क तथा वित्तीय संस्थाको बचत प्राप्ति तथा ऋण प्रवाहमा थप नियमन गर्न खोजिएको छ । साउन ६ गते जारी गरिएको चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार गरिएको नयाँ व्यवस्थाले कर्जा तथा बचत दुवैमा ब्याज बढाउने भएको छ । जारी संशोधित व्यवस्थाअनुसार अब ब्याजदर कोरिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशतबाट ८.५ पु-याइएको छ । तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलनको ४ प्रतिशतबाट ५.५ र रिपो ब्याजदरलाई ७ प्रतिशत पु-याइएको छ ।