डेङ्गु परीक्षणमा एक रूपता कायम गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतकै निकायले महँगो शुल्क लिने गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा एक रूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन। निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ।
घरदैलोमा पुग्दै निजामती सेवा
निजामती प्रशासन सेवालाई नागरिकको घरदैलोमा पु-याउन प्रभावकारी बनाउने सङ्कल्पसाथ बुधबार १९औँ निजामती सेवा दिवस मनाइँदै छ। यसका लागि सरकारले गत वर्ष नै पाँच वर्षसम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरेको छ। सो नाराअनुसार निजामती सेवालाई थप व्यवहारमा उतार्ने अभियानसाथ सरकारले हरेक वर्ष प्रतिबद्धता व्यक्त गर्दै आएको छ। सङ्घीयताको कार्यान्वयनसँगै ‘घरघरमा सरकार’ भन्ने प्रतिबद्धता पूरा हुने क्रममा छ। २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनलाई सरकारले हरेक वर्ष निजामती सेवा दिवस मनाउँदै आएको छ। निजामती प्रशासनले सेवा प्रवाह गर्दा सेवाग्राहीले चाहेअनुसारको फड्को मार्न नसके पनि दिन प्रतिदिन सुधारको दिशामा गइरहेको आभास गर्न थालिएको छ।
पोखरा विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन
कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन ।
गठबन्धनले देशलाई विकास र समृद्धिको बाटोमा लैजान्छ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनु भएको छ।
महिला साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात : भुटान ४ शून्यले पराजित
काठमाडौं, भदौ २१ गते। नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। मंगलबार घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गर्नुभयो। खेलको १२ औं मिनेटमा नेपालका लागि सावित्राले पहिलो गोल गर्नुभएको थियो। पहिलो हाफ १–० गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा नेपालले थप तीन गोल गरेको हो। खेलको ६७ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। खेलको ७२ र ८४ मिनेटमा गोल गर्दै अनिताले भुटानविरुद्धको गोल अन्तर ४ शून्य गोल अन्तर बनाउनुभयो। नेपाली टिममा मंगलबारको खेलबाट दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले डेब्यू गर्नुभएको छ। यो जितसँगै समूह बीमा रहेको नेपालले तीन अंक जोडेको छ। नेपालले समूह चरणको अर्को खेल भदौ २८ गते श्रीलंकासँग खेल्दैछ। उद्घाटन खेलको पहिलो हाफ वर्षाले प्रभावित भएको थियो।प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।
मेवाका पात र जथाभावी औषधि प्रयोग नगर्न चिकित्सकको सुझाव
पछिल्लो समय देशभर डेंगुका बिरामी बढ्दै गएका छन्। डेंगु फैलिएसँगै यसको उपचारमा बारेमा जनमानसमा अनेकौँ भ्रम फैलिँदै गएका छन्।
प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएको प्रधानमन्त्री देउवासँग मङ्गलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भारतीय सेनाध्यक्ष पाण्डेले शिष्टाचार भेट गर्नुभएको हो ।
जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना
पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।
तेजाब आक्रमणलगायत २० वटा मुद्दामा कैद मिनाहा गर्न मिल्दैन : गृहमन्त्री खाण
बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।
कतिपयले परिचयपत्र पाउन सकेनन्, कोही पुनः हलिया बने
दास प्रथाको अवशेषको रुपमा रहेको हलिया प्रथा अन्त्य भएको घोषणा भएको १४ वर्ष पूरा भएको छ । सरकारले वि.सं. २०६५ साल भदौ २१ मा १२ वटा जिल्लाहरुमा बधुवा मजदुरका रुपमा रहेका हलियाहरुको मुक्तिको घोषणा गरेको थियो । तर हलिया मुक्तिको १४ वर्ष पूरा भएको भए पनि अझैँसम्म मुक्त हलियाहरुको जीवनस्तरमा सुधार आउन सकेको छैन ।
कांग्रेस ८०, माओवादी ६० सिटमा थपघट हुने : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरु बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभएको हो ।
प्रमद्वारा ट्रसलाई बधाई ज्ञापन, तेस्राे महिला प्रधानमन्त्री बन्रुहुने
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधानमन्त्री बन्न लाग्नुभएका लिज ट्रसलाई अग्रिम बधाइ ज्ञापन गर्नुभएको छ । मङ्गलबार बिहान आफ्नो ट्वीटरमार्फत् ट्रसको सफल कार्यकालको शुभकामना दिनुहुँदै उहाँले बधाई ज्ञापन गर्नुभएको हो ।
मलेसिया पहिलो श्रम गन्तव्य
चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको १५ गतेसम्म श्रम स्वीकृति लिएका ३५ हजारमध्ये १७ हजारले लगभग मलेसियाका लागि मात्रै लिएका छन् । साउन महिनामा ६५ देशमा जान वैदेशिक रोजगारीका लागि कुल ६३ हजार जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया जान मात्रै २५ हजारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन
प्रतिनिधि सभाको कार्यकालको विषयमा सत्तारूढ दलभित्रै फरक मत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र कार्यकालबारे फरक फरक मत देखिएको हो । कार्यकालको व्यवस्था कानुनी रूपमा गर्न सरकारले ल्याएको केही नेपाल ऐन संशोधन विधेयकमा कांग्रेसका तीनथरी संशोधन दर्ता भएका छन् ।
डेङ्गु परीक्षणमा मनपरी शुल्क
डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन्। सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ। सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको छ। सबैभन्दा सस्तो मानिने सरकारी प्रयोगशालाले पनि बढी शुल्क लिने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गु परीक्षणको शुल्क आठ सय रुपियाँ लिने गरेको छ। वीर अस्पताल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपियाँ लिन्छन्।
निजामती सेवामा अवकाशपछि पनि काम
कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको पाइएको छ । निजामती सेवा ऐनमा कर्मचारीको अवकाश हुने उमेर हद ५८ वर्ष तोकिए पनि त्यस्ता कर्मचारी ५८ वर्ष उमेर कटिसके पनि सेवामा बहाल नै रहने गरेका हुन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कतिपय कर्मचारीले मालदार भन्ने गरिएका कार्यालयमा बसेर बढी समय सेवा गर्दा राम्रो आम्दानी गर्न सकिने मनसायले नियतवश नै बढी समय सेवा गर्ने गरेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।
सिट बाँडफाँटको प्रतिवेदन शीर्षस्थ तहमा बुझाउने सहमति
सत्ता गठबन्धनको कार्यदलको सोमबारको बैठकमा सिट बाँडफाँटको प्रतिवेदन शीर्षस्थ तहमा बुझाउने सहमति भएको छ ।
मौलिक भेषभूषामा सजिएका छात्रा
दमौलीमा आयोजित नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा मौलिक भेषभूषामा सजिएका छात्रा
केन्याविरुद्ध एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्वीप’
घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो ।
मानव तस्करको जालमा महिला र पुरुष दुवै फस्दै
नेपालमा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा मानव बेचबिखन हुने प्रकृतिमा पनि बदलिएको छ ।
मनोनयनपछि बहाल रहनेगरी कानून संशोधन उचित होइन
उम्मेदवारले मनोनयनपछि पनि पदमा बहाल रहनेगरी कानून संशोधन गर्नु उपयुक्त नहुने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सोमबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्नुहुँदै सो कुरा स्पष्ट पार्नुभएको हो ।
राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
नयाँ नोट सटही भदौको अन्तिम साताबाट
राष्ट्र बैंकले यस वर्षको दसैं, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सब स्टेसनको उद्घाटन
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।