घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी
रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् ।
यी हुन् प्रतिनिधि सभामा विजयी भएका १६५ सांसद
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।
मेलम्चीको पानी सुन्दरीजल आयाे : दैनिक १७ करोड लिटर वितरण हुने
वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी आज काठमाडौंको सुन्दरी जलमा आइपुगेको छ ।
सत्तारुढ दलको बैठक : थप एकताबद्ध भएर अघि बढ्ने निर्णय
सत्ता साझेदार दल जनता र मुलुकको हितलाई ध्यान दिँदै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको चार दल प्रमुखहरूको बैठकले सो निर्णय गरेको हो ।
अनधिकृत संरचना निर्माणप्रति नेपाली नागरिकको विरोध
महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि डेढ वर्ष पहिले व्याँसका जयसिंह धामी नदीमा बेपत्ता हुनुभएको थियो ।
राष्ट्रपति र उपराष्ट्रपतिकाे यसरी चुनाव हुँदैछ
सरकार गठन भइसकेपछि सङ्घीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुन्छ ।
प्रत्यक्षतर्फ प्रदेशसभा : ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो
सातवटै प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ ।
राष्ट्रिय दलले संसद् सचिवालयबाट थप सेवा सुविधा नपाउने
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ८७ दल सहभागी भएकोमा सात दलले राष्ट्रिय मान्यता पाएका छन् ।
‘समय नपुगी जन्मिने शिशुको स्याहारमा विशेष ध्यान दिनुपर्छ’
विश्वमा १० जना नवजात शिशुमध्ये एक जना अवधि नपुगी (महिना नपुगी )जन्मिने गर्दछन् । अध्ययनका अनुसार प्रत्येक वर्ष करिब १० लाख बालबालिकाको अवधि नपुग्दै जन्मिएका कारण मृत्यु हुन्छ।
सन्तनेता भट्टराईको स्मृतिमा आयोजित यज्ञमा प्रधानमन्त्री सहभागी
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनु भएको छ ।
‘प्रेमको बाटो सर्तकताका साथ पार गर्नुपर्छ’
‘‘जिन्दगी आफूले सोचेजस्तो हुँदैन, चाहेजस्तो हुँदैन । जिन्दगीको कुनै अर्थ हुँदैन, यसलाई आफैँले अर्थपूर्ण बनाउनुपर्छ ।’’
तापक्रम घट्दो: चिसोबाट बच्न विभागको आग्रह
सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की ११९५ मतले अघि
दोलखा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी पछिल्लो मत गणनाअनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले आफ्नो प्रतिस्पर्धीलाई ११९५ मतले पछाडि पार्नुभएको छ ।
मासिक सवा अर्ब नाफामा निगम
पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै आएको छ । एक वर्षअघि रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य पछिल्लो समय घट्दै आएको छ । गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ । उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० रुपियाँ र डिजेलमा प्रतिलिटर २९ रुपियाँ घटाइएको थियो तर कर समायोजन भएन । त्यसपछि असार २० गते मूल्य बढेर आएको भन्दै पेट्रोल प्रतिलिटर दुई रुपियाँ वृद्धि गरी १८१, डिजेल/मट्टीतेलमा नौ रुपियाँ वृद्धि गरी १७२ रुपियाँ र हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेर १९० रुपियाँ कायम गरिएको थियो । त्यही मूल्य अहिलेसम्म कायम छ ।
संसद्को आधा कार्यकाल भाडाकै भवनमा बित्ने
सङ्घीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएको छ । कोभिड–१९ का कारण भन्दै आगामी चैत मसान्तसम्म थपिएको अवधिमा पनि भवनको मूल संरचना मात्र पूर्ण हुने अवस्था रहेको छ यससँगै अबको संसद्का बैठक पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ । सहरी विकास मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयले आइतबार पनि निर्माणाधीन भवनको अवलोकन गरेको छ । २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो । भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने छ ।
सर्वाधिक पर्यटक आगमन
बितेको एक महिना (नोभेम्बर)मा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा हवाई मार्गबाट पाँच लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका छन् । विभागका अनुसार यो वर्षको नोभेम्बरमा मात्रै ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२१ को नोभेम्बर महिनाको तुलनामा झन्डै तेब्बर बढी हो । गत वर्ष नोभेम्बरमा २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए ।
ग्वार्कोमा फ्लाइओभर बन्दै
ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिनुभयो ।
साबिक विजेता फ्रान्स क्वार्टरफाइनलमा
केलिएन एमबाप्पे र ओलिभर गिरोड चम्किएपछि साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित कांग्रेसका ५७ सांसद (तस्बिरसहितको विवरण)
मङ्सिर ४ गते सम्पन्न सङ्घीय चुनावको मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ दोलखाबाहेक १६४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
निष्ठाको राजनीतिको सम्मान भएको छ : धनराज गुरुङ
नेपाली कांग्रेसका नेता तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य धनराज गुरुङले निष्ठाको राजनीतिको सम्मान भएको बताउनुभएको छ।
संसद्मा हामी निर्णायक हुन्छौँ : सीके राउत
जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ। निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ।
दोलखाबाट प्रदेश (ख) मा एमालेका केसी विजयी
एक निर्वाचन क्षेत्र रहेको दोलखाको प्रदेश (ख) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भरतबहादुर केसी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ ।
समानुपातिक मतगणनामा एमालेकाे २७ लाख ८८ हजार
मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।
मालढुङ्गा–बेनी सडक अलपत्र
म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दायाँ मोडिन्छन् । २३ वर्ष अघि ट्र्याक खुलेको यो सडकको स्तरोन्नति गर्न राज्यको प्राथमिकतामा अहिलेसम्म परेको छैन ।