• १२ असोज २०८१, शनिबार

सन्तनेता भट्टराईको स्मृतिमा आयोजित यज्ञमा प्रधानमन्त्री सहभागी

blog

सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर १९ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनु भएको छ ।


सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी हुनु भएको हो । त्यस अवसरमा उहाँले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गर्नु भएको थियो भने सन्त नेता भट्टराईको सालिकमा माल्यार्पण समेत गर्नु भएको थियो ।


महायज्ञमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री शरदसिंह भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो । कांग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम् नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रूपमा लिइन्छ । उहाँको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।