• १२ असोज २०८१, शनिबार

जन्ती गएका २५ जना अचानक बिरामी

blog

बिमलप्रसाद पोख्रेल 

प्युठान, मंसिर १९ गते । प्युठान नगरपालिका वडा ६ माझकोट गुरुङ गाउँमा २५  जनाभन्दा बढी गाउँले अचानक बिरामी भएका छन् । बिरामीहरूलाई उपचारका लागि चार वटा एम्बुलेन्समार्फत प्युठान अस्पताल ल्याइएको  प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताउनुभयो । 

प्युठानबाट पाल्पा विवाहका लागि जन्ती गएका ४८ जना मध्ये २५ जना बिरामी  परेका छन् । बिरामीको चेकजाँचका लागि अस्पतालमा चिकित्सकहरू तयारी अवस्थामा रहेको अस्पतालका व्यवस्थापक राजन घिमिरेले बताउनुभयो ।

पाल्पाको बुरखु्टा भन्ने ठाउँमा जन्तीगएका सबैलाई ज्वरो आउने, बान्ता हुने, झाडा पखाला हुने लगायतका लक्षण देखिएको वडा अध्यक्ष नरेन्द्र पुनमगरले बताउनुभयो । सोही ठाउँबाट जन्ती फर्किएका सबैलाई सो लक्षण देखा परेपछि जिल्ला अस्पताल विजुवार लगिएको मगरले बताउनुभयो ।