नर्वे र फिनल्याण्डबाट पाँच अर्ब अनुदान स्वीकार गर्ने सरकारको निर्णय
सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मङ्सिर २० गते मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै छ : सञ्चारमन्त्री कार्की
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महा अभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ।
रोहित रुम्बाभन्दा 'आप्पा' लोकप्रिय
दुई दशकदेखि सिने जगतमा आबद्ध भई अभिनयमा क्रियाशील रहेर लाखौँ दर्शकको मन जित्न सफल कलाकार हुनुहुन्छ– रोहित रुम्बा ।
जमाना ‘सुपर एप’को
मोबाइल अथवा ट्याब्लेटमा प्रयोग हुने एप्लिकेसन (छोटकरीमा एप)का बारेमा भाइबहिनीलाई थाहै होला । मोबाइल एप एक किसिमको सफ्टवेयर हो । यसमा हामीले खोजेको कन्टेन्ट प्रयोग गर्न सक्छौँ । जस्तो कि हामीलाई गेम खेल्न मन लाग्यो भने गेमिङ एप डाउनलोड गर्छौं । त्यस्तै कुराकानी अथवा भिडियो कल गर्न मन लाग्यो भने च्याटिङ एप राख्छौँ । अनलाइनबाटै खानेकुरा अथवा केही किन्न मन लागे सपिङ एप र कतै जानु परे राइड सेयरिङ एप हाम्रो मोबाइलमा राखेका हुन्छौँ ।
समानुपातिक मतगणनाको काम सकियो, सात दल बने राष्ट्रिय दल
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
खुल्यो आयात प्रतिबन्ध
सरकारले आठ महिनापछि आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ । आउँदो पुसदेखि लागू हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरिएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा लाग्दै आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
लागत घट्ने अपेक्षा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार सहजीकरण गर्न ‘व्यापार लजिस्टिक्स नीति’ २०७९ ल्याएको छ । व्यापार लागत न्यूनीकरण गरी व्यापारको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सो नीति ल्याइएको हो । सो नीति मन्त्रिपरिषद्ले पारित गरेसँगै अब कार्यान्वयन प्रक्रियामा रहेको छ । एकीकृत व्यापार पूर्वाधार विकास, व्यापार प्रणाली सम्बद्ध आपूर्ति शृङ्खलाको व्यवस्थापन, सुशासन प्रवद्र्धन गर्ने उद्देश्यसहित नीति ल्याइएको सरकारले जनाएको छ ।
प्रतिशतमा धेरै जित्ने कांग्रेस
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले आ–आफ्नो अनुकूल दुई ध्रुवमा विभाजित भई बढीभन्दा बढी निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गरे । केही दललाई अपेक्षाकृत नतिजा हासिल भयो, केही भने निर्वाचन परिणामपछि निराश देखिएका छन् तर निर्वाचन नतिजाले भने न्यूनतम एक प्रतिशतदेखि अधिकतम ६२ प्रतिशत निर्वाचन क्षेत्रमा जितेको देखिन्छ । अझै केही दल भने आमनिर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगमा दल दर्ता गरेर चुनावमा
डाँफे र मुनाल प्रक्षेपणको तयारी
नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।
उधारोमा बन्यो कर्णालीमा पुल
पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफँै खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।
समानुपातिकको मतगणना बुधबार सकिने
निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ ।
जहाँ बालबालिका बोरा बोकेर विद्यालय जान्छन्
रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य छन्।
‘जनताको विश्वास जित्ने काम गर्छौँ’
नवनिर्वाचित जनप्रतिनिधिले आफूहरूले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनु भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँहरूले उत्कृष्ट काम गरेर जनताको विश्वास जित्ने प्रतिबद्धता जनाउनु भएको हो।
मेलम्चीको पानीलाई थप व्यवस्थापन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
प्रत्यक्षतर्फ निर्वाचित एमालेका ४४ सांसद (सूचीसहित)
मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले ४४ सिट जितेको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय देउखुरी सारियो
विवादकाबीच लुम्बिनी प्रदेशको सदरमुकाम बुटवलबाट दाङ सारिएको छ । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको हो । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
चितवनमा पर्यटकको आगमनमा वृद्धि (फोटो फिचर)
कोरोना भाइरस (कोभिड–१९) महामारीले शून्य जस्तै बनेको चितवनमा पछिल्लो महिना देखि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
नाम्खाको कार्यालय सदरमुकाममा राखिँदा सेवाग्राहीलाई सास्ती
नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गर्नु भएको छ । पत्रकार महासङ्घ हुम्ला शाखाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले उक्त माग गर्नु भएको हो ।
मुखै रसाउने लटरम्म सुन्तला (फोटो फिचर)
जिल्लाको सिस्ने गाउँपालिका–८ सुनखानाका भीउसन नाथको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा छ । बगैँचामा दुई सय सुन्तलाका बोट छन् । सबै बोटमा सुन्तला लटरम्म फलेको छ ।
कुहिएर जान्छ ७५ प्रतिशत
कर्णाली प्रदेशमा स्याउ उत्पादन धेरै हुने भए पनि बजारको अभाव, यातायातको असुविधा, महँगो हवाई ढुवानी र चिस्यान केन्द्रको अभावले बजार पाइरहेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा मुलुकभर १३ हजार ४६३ हेक्टर क्षेत्रफलमा ४८ हजार ६११ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुन्छ । सो आर्थिक वर्ष कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, रुकुमपश्चिम, सल्यान, जाजरकोट, दैलेख जिल्लामा नौ हजार ३७७ हेक्टर क्षेत्रफलमा ३१ हजार १०२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अन्य प्रदेशमा पनि स्याउ थोरै उत्पादन हुने भए पनि मधेश प्रदेशमा हुँदैन ।
समीकरणका दस विकल्प
आमनिर्वाचन २०७९ को प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा प्रकाशन गर्ने तयारी गर्दैछ। प्रत्यक्षतर्फको पूर्ण र समानुपातिकको प्रारम्भिक नतिजाले प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नहुने देखाएको छ। यसैबीच राजनीतिक दलले सरकार गठनको कसरत तीव्र पारेका छन्। बहुमतको सरकार गठनका लागि दलहरूले विभिन्न समीकरण नै गर्नुपर्ने अवस्था रहेको छ। २७५ सदस्य रहने प्रतिनिधि सभामा बहुमतको सरकार गठनका लागि आवश्यक न्यूनतम सङ्ख्या १३८ हुनेछ। संसद्मा १२ राजनीतिक दलले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको छ। पाँच जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् तर कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको अवस्थामा सरकार गठनका लागि कम्तीमा दुई ठूला दल र बढीमा सात दलबीच सहकार्य हुने १० विकल्प देखिन्छन् ।
जनवरीदेखि सुरु हुँदै फाइभजी
नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित
चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ।
दक्षिण कोरियामाथि सनसनीपूर्ण जित निकाल्दै ब्राजिल क्वार्टरफाइनलमा
स्टेडियम ९७४ मा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ४-१ गोलको सानदार जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।