भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ
रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ ।
रक्सौल-काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
ट्याङ्कीमा शव भेटिएपछि वैकल्पिक रूपमा खानेपानी वितरण
ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ ।
३० बुँदामा भौतिक पूर्वाधार मन्त्रालयले तीन महिनामा गरेको कार्य प्रगति
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले तीन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।
मृतक लाजेहाङको परिवारलाई तीन लाख राहत दिने निर्णय
कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाउनुभएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ ।
दूषित पानी खाँदा तीन सय पचास जना बिरामी
दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करिब तीन सय ५० जना बिरामी भएका छन् ।
साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ।
डिल्ली चौधरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दाबी पेस
लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरौँ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दललाई आग्रह गर्नुभएको छ।
लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ।
प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा हुनुभएका वसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सङ्घका कर्मचारी, प्रदेशको खटनपटन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घको हुने तथा तिनको खटनपटन प्रदेश सरकारले गर्ने प्रस्ताव अगाडि सारेको छ । मन्त्रालयले यति बेला सङ्घीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पु¥याएको छ । सो मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादीको निर्णय
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन
कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ।
दुई दिनभित्रै मन्त्रिपरिषद् पूर्णता हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गर्नुभएको छ ।
धनुषामा ट्रक दुर्घटना तीन जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।
फोहोर बोक्ने गाडीलाई आजबाट टाइम कार्ड
मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखर पौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट ( शनिबार) टाइम कार्ड लागू गरेको छ । ट्राफिक प्रहरीले सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्ड लागु गरेको जनाएको हो ।
यी हुन् सबैभन्दा धेरै र कम जनसङ्ख्या भएका पाँच जिल्ला
शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौ रहेको छ।
मुख्यमन्त्री जम्कट्टेलले लिनुभयो दोस्रो पटक विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।
तुलसीपुर–नेपालगञ्जमा विद्युतीय गाडी सञ्चालन
दाङको तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।
मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।