१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छ : उपेन्द्र महतो
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव रहेको बताउनुभएको छ।
नदीको बालुवादेखि क्यानभाससम्म कलाकार गोपालको प्रेरणादायी यात्रा
सप्तरीको साधारण ग्रामीण परिवेशमा जन्मिएका एक बालकले नदी किनारको बालुवामा घर बनाउँदै र औँलाले चित्र कोर्दै सुरु गरेको सिर्जनात्मक यात्राले आज नेपाली कला क्षेत्रमा प्रेरणादायी कथा रचेको छ ।
तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु
प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ।
झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ
पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ ।
सुख्खा पहिरोले भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध
सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो।
चिसापानी जग्गा : स्थानीय सरकारको स्वामित्वमा ल्याउन दबाब
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–२, चिसापानीमा रहेको करिब ८.५ बिघा सरकारी जग्गाको स्वामित्वलाई लिएर स्थानीय र राष्ट्रिय आवास कम्पनी लिमिटेडबीचको विवाद उत्कर्षमा पुगेको छ।
एमालेद्वारा निर्वाचन समीक्षा, समानुपातिक सांसद टुङ्गो लगाइने
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
बजारमा ग्यास अभाव, आयात भने नियमित
भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।
स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते
सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा शुक्रबार साँझ स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।
आज झापामा सबैभन्दा बढी वर्षा
मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।
अध्यक्ष ओलीका बुवाप्रति श्रद्धाञ्जली दिँदै बालेनले सम्झिनुभयो पिताको महिमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
इरानी नागरिकलाई 'अन अराइभल' भिसामा रोक
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो ।
ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चित नगरौँ : निगम
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो ।
एमाले अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दुःख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ
जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।
बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध
स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम हुँदै नांगीन, याङनाम र सिदिन भएर भारतसँगको सीमावर्ती क्षेत्र फालौटसम्म जोड्ने सडक अवरुद्ध भएको छ।
एमाले अध्यक्ष ओलीलाई पितृ शोक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि
सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।
निर्वाचन आयोग समानुपातिकले सिट सङ्ख्या टुङ्गो लाग्यो, कुन दललाई कति सिट ?
निर्वाचन आयोगले समानुपातिकतर्फकाे मत परिणाम सार्वजनिक गरेकाे छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फकाे एक सय १० सिटकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
एमाले केन्द्रीय सदस्य थापाको निधन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
कम्बोडियामा अलपत्र १६ नेपालीको उद्धार, स्वदेश फिर्ता
मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।
जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।