बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारका लागि आकस्मिक बैठक बोलाइएको हो । बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ ।
एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने
नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ।
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
नेपाल राष्ट्र बैँकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैँकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
सुनको मूल्य निरन्तर उकालोतिर
गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार दुई सय रुपियाँले बढेको छ ।
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।
विपदबाट बनेका घरको दोस्रो र अन्तिम किस्ता पाउनै सकस
गुल्मीमा विपदबाट बनेका घरहरुको दोस्रो र अन्तिम किस्ता पाउनै सकस हुने गरेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।
मन्त्री घिसिङद्वारा एक महिनाभित्र काम थाल्न ठेकेदारलाई अल्टिमेटम
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतीक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिनुभयो ।
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ ।
निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ ।
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनीलाई बधाई
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ।
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दियो : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
“छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी ।
नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ ।
चार वर्षमा चार हजारभन्दा बढीले गुमाए ज्यान
मधेश प्रदेशमा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । विगत चार वर्षको अवधिमा चार हजार पाँच सय ८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।
पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्नुहुने
नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ ।
२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
नेपाल प्रहरी विभिन्न २२ वटा मुद्दा दर्ता भई थुनाबाट फरार भएका एक युवकलाई नगद १० लाख २३ हजार ५०० सहित पक्राउ गरेको छ ।
इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
‘युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन'
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनु भएको छ।
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
यहाँको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।