उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।
स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती
राष्ट्रिय योजना आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा लगभग ४० प्रतिशतले कटौती गरेको छ ।
इलाम कारागारबाट थुनुवा फरार
इलाम कारागारबाट एक कैदी फरार भएका छन् ।
नयाँ मन्त्रीको शपथ आजै ३ बजे : कांग्रेस फेरि सत्तामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।
सञ्चार ऐन चाँडै ल्याउने तयारीमा छौँ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ
लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला
रङ्गशाला निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट पटक–पटक गरी रू दश करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ ।
राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
सङ्घीय संसद् भवन पूरा गर्न समय माग
सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् ।
नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै
लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक आज (बिहीबार) बिहान कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।
आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने
मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ ।
नेकपा (एस) बाट डा. भुसाल र ज्वाला मन्त्री हुँदै
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।
सेवा प्रवाहमा तदारुकता देखाउन मुख्मन्त्रीको निर्देशन
लक्ष्मी चौधरीजनकपुरधाम, चैत १५ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाहमा चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै प्रकारको लापरबाही नगरी सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिनुभएको छ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवामा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गर्नुहुँदै सो निर्देशन दिनुभएको हो।उहाँले अस्पतालको सेवा प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही गरिने चेतावनीसमेत दिनुभयो। मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको दोस्रो पटक आकस्मिक अनुगमन गर्ने क्रममा कार्यरत सम्पूर्ण कर्मचारीलाई चेतावनी दिनुभएको हो।अस्पतालमा गुनासो बढेपछि मुख्यमन्त्री यादवले अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता देखाउँदै अस्पतालको अनुगमन गर्नुभएको थियो ।अनुगमनकै क्रममा मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउन चिकित्सकसहित अस्पतालका अन्य कर्मचारी पनि प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्रीले मंगलबार राति ९ बजे अस्पतालको आकस्मिक कक्षलगायत अन्य कक्षको अनुगमन गर्नुभएको हो।अस्पतालको व्यवस्थापनमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. बिनोद यादव हुनुहुन्छ।
एकताको प्रतीक सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु
सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यालोकितेश्वरको मूर्तिको रथजात्रा आजबाट सुरु भएको छ ।
‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’
नेपालबाट सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारले लिएको लक्ष्यप्राप्तीका लागि तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दैछौँ: एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतीक्षा गर्ने भएको छ।
नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंकाे मनमैंजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई घुसवापत लिएको नगद तथा स्रोत नखेलेको रकम गरी करिब २५ लाख रुपियाँसहित पक्राउ गरेको छ ।
बागमती प्रदेशका झण्डै १६ सय पत्रकारको दुर्घटना बीमा
बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत सञ्चारकर्मीहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।
मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय
मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको छ।
कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड १९ र रुघाखोकीका लक्षण मिल्दा जुल्दा हुने हुँदा कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
स्याङ्जामा खानेपानीको पहुँच ९० प्रतिशत, इन्धनमा दाउराकै भर
स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलव ५ प्रतिशत नागरिकले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो ।