सांसदको लेभी : रास्वपा महँगो कांग्रेस सस्तो
राजनीतिक दलहरूले जनप्रतिनिधिको पारिश्रमिकबाट लिने निश्चित रकम (लेभी) सबैभन्दा बढी कटाउने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । प्रतिनिधि सभामा पहिलो पटक प्रतिनिधित्व गरेको रास्वपाले आफ्ना सदस्यसँग मासिक २५ हजार रुपियाँ लेभी लिने गरेको छ । जुन अन्य कतिपय दलहरूको तुलानामा दोब्बरभन्दा बढी छ ।
नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि
नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ ।
नयाँ दिल्लीबाट सात जना नेपाली बालबालिकाको उद्धार
भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ ।
चितवन–२ मा रवि लामिछानेकाे उम्मेदवारी दर्ता
वैशाख १० गते हुने उपनिर्वाचनका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा बन्द हुने
सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक दैनिक नौ बन्द गर्न लागिएको हो ।
उपनिर्वाचनको मनोनयन आज
चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने बताउनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्नुहुनेछ ।
रुघाखोकी लाग्दा यान्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो।
भन्सार विभागका तत्कालीन सुब्बाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा
भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्त्वको प्रस्ताव
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटरब्याज पीडितका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
मिटरब्याज पीडित बसेको स्थानमा गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएको छ । उहाँ त्यहाँ मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हो ।
पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो
जिल्लामा चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । माथा गढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो ।
रुखको हाँगाले लागेर महिलाको मृत्यु
झापामा हावाहुरी सहित आएको असिनापानीका कारण एक जनाको ज्यान गएको छ भने एक दर्जनभन्दा बढीलाई घरबार विहीन बनाएको छ ।
सभामुखको विशेषाधिकार कायमै
सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । शनिबार सभामुख देवराज घिमिरेको आह्वानमा भएको छलफलमा सभामुखले सदनका कामकारबाही कार्यव्यवस्था समितिको नियमित परामर्शका आधारमा गर्ने सहमति भएपछि नियमावलीको गाँठो फुकेको हो । सत्तारूढ दलबाट सभामुखको कामकारबाही समितिको निर्णयबाट मात्र हुनुपर्ने संशोधन दर्ता भएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो ।
घटेर आयो इन्धनको मूल्य
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
सरकारले तोकेका पर्यटकीय गन्तव्यमा एक्लै घुम्न जान नपाइने
नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ ।
बाबुबाट बलात्कृत गर्भवती बालिका न्यायको खोजीमा
के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ ? सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो ।
अपराध नियन्त्रणमा उदारता र सम्झौता हुँदैन : गृहमन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिनुभएको छ।
सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं : उपप्रधानमन्त्री खड्का
नवनियुक्त उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
पहिलो दिनको एसइई शान्तिपूर्ण, बारामा एक विद्यार्थीको परीक्षा रद्द
आज (शुक्रबार) बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।
खानेपानी मन्त्री खानको राजीनामा
खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ ।
अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताउनुभएको हो।